Close This

जंगली हात्तिको आक्रमणबाट श्रीनगरमा एक पुरुषको ज्यान गयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-९ गते   १७१ पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिका १३ श्रीनगरमा जंगली हात्तिको आक्रमणबाट एक पुरुषको ज्यान गएको छ ।  ईश्वरपुर नगरपालिका १३ श्रीनगरका ५५ वर्षिय रामआषिस महतोको जंगली हात्तिको आक्रमणबाट ज्यान गएको हो । 
सख्त घाईते महतोको लालबन्दीमा रहेको मोडेल हस्पिटलमा उपचारका लागि ल्याइएहो र त्यहाँ उपचार म्भिव नभएपछि जिल्ला अस्पताल मलंगवा लैजाने क्रममा बाटामै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
विगत डेढ महिनादेखि जिल्लाको जंगल क्षेत्रमा बस्दै आएका तीनवाटा हात्तीले यस अघि भौतीक क्षती गर्ने गरेको भएपनि पछिल्लो क्रममा मान्छेको ज्यानै लिएका छन् । हात्ति चार÷पाचदिन देखि श्रीनगर क्षेत्रमा बसेको मृतकका छिमेकी बिजयकुमार सिंहले बताएका छन् । हात्तिले रामआषिसका छोरा बुहारी सुत्ने घरको बाँसको टाटी च्यातेर भकारी भत्काउन थालेपछि उनका छोरा बुहारी आतिएर काराएका र छोरा बुहारीलाई के भयो भनेर अर्को घरमा सुतेका रामआषिस बाहिर निस्किदा हात्तिले रामआषिसलाई समातेर घर नजिकै रहेको  रुखको ठुटामा लगरे पछारेको छिमेकी सिंहले बताएका छन् ।
पछि स्थानियले हल्लाखल्ला गर्न थाले पछि हात्तिले रामआषिसलाई छाडेको भएपनि उनको कन्पट्टी,छाति र ढाडमा गम्भिर चोट लागेको र आफ्नो ढाड भाचिएको मृतक स्वयंमले बताएका सिंहले बताएका छन् । महतोको मृत्यु पछि स्थानीय आतंकित भएका छन् ।
हात्तिलाई उसको सुरक्षित बासस्थानमा फर्काउनको लागि आफुहरुले मातहतका निकाएलाई पत्राचारा गरेको भएपनि हात्ति एकै ठाउँमा नबस्ने भएकाले समस्या भएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधव प्रसाद देवले बताउनु भयो । घटना भईसकेकाले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ अनुसार पिडित हकवालाले मृतकको फोटो, मृत्यु दर्ता प्रमाणपत्र ,पोष्टमार्टम रिर्पोट,गाउँ÷नगरको सिफारिस,नाता प्रमाणित कागजात र उपचार गराएको भए सरकारी अस्पतालको सिफारिस र प्रमाणित बिल संलग्न रहेको कागजात साथमा लिई ३० दिन भित्रमा सम्पर्क गरे रु १० लाख सम्म क्षतिपूर्ती स्वरुप राहत सहयोग प्राप्त गर्न सक्ने व्यावस्था रहेको प्रमुख देवले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech