सर्लाहीका तीन क्याम्पसमा विद्यार्थी संगठनबीच गठवन्धन,कर्मैयामा निर्विरोध

461 Shares

सर्लाहीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा विभिन्न राजनीतिक दल निकट विद्यार्थी संघ÷संगठनले गठवन्धन गरेर उम्मेदवारी दिएका छन् ।लालबन्दी ९ स्थित रहेको जनज्योति बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ(नेविसंघ)ले एक्लै र अनेरास्ववियु,अखिल(क्रान्तिकारी) र नेकपा(एकीकृत समाजवादी)निकट अनेरास्ववियूले संयुक्त प्यानल बनाएर उम्मेदवारी दिएका छन्।सभापतिमा नेविसंघबाट निर्मल अधिकारी तथा संयुक्त प्यानलबाट समिर सिंहको उम्मेदवारी परेको छ ।जनज्योति बहुमुखी क्याम्पसमा चार हजार ८४ जना मतदाता रहेका निर्वाचन अधिकृत शिवहरी नेपालले बताए ।
हरिवन १० को चतुुर्भूूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा नेविसंघ र अनेरास्ववियुले गठबन्धन गरेका छन् ।नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलबाट सभापतिमा हिमाल घिमिरेको उम्मेदवारी परेको छ भने अखिल(क्रान्तिकारी)ले एकल उम्मेदवारी दिएको छ।अखिलबाट सभापतिमा अन्जिता भुजेलको उम्मेदवारी परेको छ ।सुखेपोखरीमा आठ सय २८ जना मतदाता रहेका निर्वाचन समिति संयोजक डा.हरिलाल मैनालीले बताए ।
सर्लाही क्याम्पस मलंगवामा नेविसंघले एक्लै,अनेरास्ववियु सहित विभिन्न अन्य संघ÷संगठन मिलेर र एउटा समूहगत गरी तीन प्यानलको उम्मेदवारी परेको छ ।सर्लाही क्याम्पसमा तीन हजार दुई सय ४९ जना मतदाता रहेका निर्वाचन अधिकृत कृपानाथ झाले बताए । 
बागमती स्थित कर्मैया आदर्श बहुमुखी क्याम्पसमा भने अखिल(क्रान्तिकारी)को प्यानल निर्विरोध निर्वाचित भएको छ।सभापतिमा रेवेन्द्र दाहाल,सचिवमा अविषेक मैनाली र कोषाध्यक्षमा साकार घिमिरेलगायत अन्य सदस्य चयन भएका निर्वाचन समितिले जनाएको छ ।आगामी चैत ५ गते हुने निर्वाचनमा सम्वन्धित क्याम्पसको स्नातक तह र स्नातकोत्तर तहमा अध्ययनरत् विद्यार्थीले मतदान गर्न पाउने छन् । 

सम्बन्धित समाचार