सवा क्विन्टल प्रतिवन्धित लागुऔषध गाँजा सहित तामाङ पक्राउ

373 Shares

सर्लाहीकाे लालबन्दी नगरपालिका १४ नारायण खाेला स्थित डाईनी खाेलाबाट ठूलाे मात्रामा प्रतिवन्धित लागू औंषध गाँजा सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लालबन्दी नगरपालिका १४ नारायण खाेला स्थित डाईनी खाेलाबाट एक क्विन्टल १२ किलाे ७८ ग्राम प्रतिवन्धित लागू औंषध गाँजा सहित प्रहरी बिआर ३२ एन ८१८ नम्बरको स्कारपियो गाडी र लु ३३ प ३८९४ नंम्बरको माेटरसाईकल सहित लालबन्दी नगरपालिका १४ का अन्दाजी वर्ष ४२ का सोम बहादुर तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।

कार्यालयका अनुसार लालबन्दी नथरपालिका १४ स्थित डाइनी खोलामा प्रतिवन्धित लागुऔषध गाँजा ओसार पसार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक विरेन्द्र सिंह जोहारीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाणकाे प्रतिवन्धित लागुऔषध गाँजा सहित मानिस र सवारीसाधनहरु नियन्त्रणमा लिएको हाे ।

सर्लाहीको चुरे क्षेत्रका साथै सिन्धुलीकाे मरिण र हरिहरपुरगढी गाउँपालिका क्षेत्रमा उत्पादन भएको प्रतिवन्धित लागुऔषध गाँजा सर्लाहीका विभिन्न सडक खण्डहरुकाे प्रयाेग गरि छिमेकी देश भारतका विभिन्न बजारहरुमा पुग्ने गरेकाे पाईएकाे छ।पछिल्लाे समय प्रहरीले सक्रियता देखाए पछि प्रतिवन्धित लागुऔषध गाँजाका साथै साे कार्यमा संग्लग्नहरु मानिसहरु धमाधम पक्राउ परिरहेका छन् ।

सम्बन्धित समाचार