सर्लाहीको इश्वरपुर नगरपालिका ३ मा नेपाली कांग्रेस क्षेत्रिय कार्य समिति बैठक एवम क्षेत्रीय प्रतिनिधि भेला सम्पन्न भएको छ।सर्लाही क्षेत्र नम्बर १ अन्र्तगत इश्वरपुर नगरपालिका ३ मा वडास्तरीय संगठनलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको भेला सम्पन्न भएको हो ।
महासमिति सदस्य र महाधिबेशन प्रतिनिधि समेत सम्मिलित मंसिर ९ गते सम्पन्न भएको क्षेत्रिय कार्य समिति बैठकको निर्णयानुसार सम्बन्धित वडामा जिम्मेवारी प्राप्त महाधिबेशन प्रतिनिधिहरुको उपस्थिति र निर्देशनमा हुने बैठकको नियमितता अनुसार नेपाली कांग्रेसका महाधिवेश प्रतिनिधि दिपक अधिकारीको विशेष उपस्थितिमा भेला सम्पन्न भएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य तथा जय नेपाल फाउन्डेसन र विपि कोइराला युवा नेतृत्व विकास मञ्चका सर्लाहीका अध्यक्ष ठाकुर प्रसाद बख्रेल(मनोज)ले जानकारी दिए ।
उनका अनुसार वडा सभापति ओम प्रकाश श्रेष्ठको सभापतित्वमा भएको भेलामा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्य लगायतको उपस्थित रहेको थियो ।भेलाले वडास्तरीय संगठनलाई बलियो बनाउन कृयासिल सदस्यता नवीकरणका लागि १५ दिनभित्र वडा पार्टी कार्यालय सञ्चालन गर्ने,प्रत्येक महिनाको पहिलो शनिबार नियमित वडा बैठक बस्ने र सोको जानकारी क्षेत्रिय कार्य समितिमा गराउने,रिक्त रहेका उपसभापति तथा अन्य पदहरूको पूर्तिगर्ने,पुस ९ गतेभित्र क्रियाशील सदस्यता नवीकरण सम्पन्न गर्ने लगायतका निर्णय भएको नेपाली कांग्रेस इश्वरपुर नगरपालिका ३ ले जनायो ।