सर्लाहीको हरिवन नगरपालिकाले टाइफाइड विरुद्धकाे खोप अभियान बारे अन्तरक्रिया गरेको छ । यहि चैत २५ गतेदेखि नगर भित्रका विद्यालय तथा स्वास्थ्य संस्थाहरुबाट १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने कार्यक्रम तय गरेको नगरपालिकाले खाेप अभियानका वारेमा अन्तरक्रिया कार्यक्रम गरेकाे नगर स्वास्थ्य शाखाका संयोजक शशिकान्त सिंहले जानकारी दिनुभयाे । उहाका अनुसार हरिवन नगरपालिका भित्र ११ वटै वडाका १७ हजार १२ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य रहेको छ ।
चैत २९ गतेसम्म नगरभित्रका सामुदायिक र निजी विद्यालयहरुमै पालैपालाे खाेप केन्द्र संचालन गरिने र छुटेका बालबालिकाहरुका लागि ३० गते स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य केन्द्र गरि ११ वटा स्वास्थ्य केन्द्रमा खाेप लगाईने स्वास्थ्य शाखा संयाेजक सिहले बताउनु भयाे ।
टाईफाईड खाेप सम्बन्धि अन्तरक्रिया कार्यक्रममा नगर उप प्रमुख रेणुका पौडेलकाे अध्यक्षता रहेकाे थियाे । नगर उप प्रमुख पाैडेलले यसअघि काेराेना भाईरस संक्रमण विरुद्दकाे खाेप अभियान सफल भएको बताउदै टाइफाइड विरुद्दकाे खाेप अभियान समेत सफल पार्न नगरपालिका लागि पर्ने बताउनु भयाे । जिल्लाभर चैत २५ गतेबाट टाइफाइड विरुद्दकाे खाेप अभियान संचालन हुँदैछ ।