सर्लाहीको लालबन्दी नगरपालिकाले सोमबार(आज)नगरभरी शोक बिदा दिएको छ।लालबन्दी नगरपालिका ३ जब्दीका वडा सदस्य जोधन ठाकुर हजामको निधनप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले सोमबार(आज)एक दिन शोक बिदा दिएको हो।लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीको हस्ताक्षरमा आईतबार जारी गरिएको सूचनामा वडा सदस्य हजामको निधनप्रति दुःख व्यक्त गर्दै सोमबार९आज०एक दिन शोक बिदा दिइएको लालबन्दी नगरपालिकाका सूचना अधिकारी लक्ष्मी शिवाकोटीले जानकारी दिइन् ।
उनका अनुसार उक्त सूचनामा सोमबार९आज० लालबन्दी नगरपालिकाको कार्यालय,नगरका सबै १७ वटै वडा कार्यालय,नगरभित्रका शिक्षण संस्था,स्वास्थ्य संस्थाहरुका साथै बैँक तथा बित्तिय संस्थाहरु लगायत नगरपालिका मातहतका सम्पूर्ण कार्यालय बन्द रहने उल्लेख गरिएको छ ।नेपाली कांग्रेसबाट निर्वाचित ७२ वर्षीय वडा सदस्य हजामको दुवै मृगौलाले काम गर्न छाडेको थियो । उनको आईतबार बिहान लालबन्दी नगरपालिका ३ जब्दीस्थित आफ्नै घरमा निधन भएको लालबन्दी ३ का वडाध्यक्ष वुद्धदेव चौधरीले जानकारी दिए ।