भूमिहिन सुकुम्बासीहरुको लालपुर्जामा आयोगका सदस्य सचिव मानन्धर बाधक

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-४ गते   ९६७ पटक हेरिएको

दुर्गा कुमारी अधिकारी

सर्लाहीका ६ वटा स्थानीय तहमा ३५ हजार छ सय ८५ जना भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासी रहेको पाइएको छ । २० वटा स्थानीय तह रहेको जिल्लामा हाल सम्म ६ वटा स्थानीय तहमा भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासीहरुको लगत संकलनको काम भई रहेको राष्ट्रिय भुमि आयोग सर्लाहीले जनाएको छ ।
जिल्लामा हाल बागमती,हरिवन,इश्वरपुर,लालबन्दी,हरिपुर,कबिलासी र बरहथवा नगरपालिकामा भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासीहरुको लगत संकलनको काम भई रहेको राष्ट्रिय भुमि आयोग सर्लाहीका प्रवक्ता मदन बहादुर वि.कले जानकारी दिए । उनका अनुसार २० स्थानीय तह रहेको जिल्लामा हाल ६ वटा स्थानीय तहमा भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासीहरुको लगत संकलनको काम भई रहेको छ । भने बरहथवा नगरपालिकामा लगत संकलनको काम भई रहेको भएपनि तथ्यांक तयारहुन बाँकी रहेको छ ।
राष्ट्रिय भुमि आयोग सर्लाहीका प्रवक्ता वि.कका अनुसार बागमती नगरपालिकामा छ हजार छ सय ४३,हरिवन नगरपालिकामा चार हजार दुईसय ६७,इश्वरपुर नगरपालिमामा छ हजार सात सय २४,लालबन्दी नगरपालिकामा १३ हजार दुई सय २९,हरिपुर नगरपालिकामा तीन हजार २ सय ९३ र कबिलासी नगरपालिकामा एक हजार पाँच सय २९ गरि कुल ३५ हजार छ सय ८५ जना भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासी रहेको छन् ।
१२ वटा वडा रहेको बागमती नगरपालिकाको वडा नम्बर १ मा भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासी गरी चार सय ७८,वडा नम्बर २ मा भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासी गरी तीन सय ९६,वडा नम्बर ३ मा भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासी गरी एक हजार तीन सय ३६, वडा नम्बर ४ मा भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासी गरी एक हजार पाँच सय ६८,वडा नम्बर ५ मा भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासी गरी पाँच सय ९६,वडा नम्बर ६ मा भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासी गरी ७९, वडा नम्बर ७ मा भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासी गरी दुई सय २९,नम्बर ८ मा भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासी गरी एक सय १३,वडा नम्बर ९ मा भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासी गरी दुई सय ८१,वडा नम्बर १० मा भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासी गरी तीन सय ८७,वडा नम्बर ११ मा भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासी गरी एक सय ८२ र वडा नम्बर १२ मा नौ सय ९८ गरि बागमती नगरपालिकामा कुल छ हजारछ सय ४२ जना भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासी रहेका आयोगले जनाएको छ ।
त्यस्तै १५ वटा वडा रहेको इश्वरपुर नगरपालिकाको वडा नम्बर १ मा चार सय ९२,वडा नम्बर २ मा तीनसय छ,वडा नम्बर ३ मा छ सय ७३,वडा नम्बर ४ मा आठ सय २४,वडा नम्बर ५ मा पाँचसय ४६,वडा नम्बर ६ मा तीनसय सात,वडा नम्बर ७ मा दुई सय दुई,वडा नम्बर ८ मा दुई सय ४५, वडा नम्बर ९ मा दुई ६५, वडा नम्बर १० मा दुई सय ४६, वडा नम्बर ११ मा एक सय२९, वडा नम्बर १२ मा आठ सय ७७, वडा नम्बर १३ मा पाँच सय ८८, वडा नम्बर १४ मा छ सय ३७ र वडा नम्बर १५ मा तीन सय ८४ गरी इश्वरपुर नगरपालिकामा छ हजार सात सय २१ जना भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासी रहेका आयोगको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यस्तै १७ वटा वडा रहेको लालबन्दीको वडा नम्बर १ मा छ सय ९०,वडा नम्बर २ मा तीन सय ३८ , वडा नम्बर ३ मा ५९, वडा नम्बर ४ मा ५०, वडा नम्बर ५ मा चार सय पाँच, वडा नम्बर ६ मा एक हजार तीनसय ३१, वडा नम्बर ७ मा ८४, वडा नम्बर ८ मा सातसय १२, वडा नम्बर ९ मा एक हजार तीन सय ६७, वडा नम्बर १० मा दुई हजार चार सय २२, वडा नम्बर ११ मा पाँच सय ३८, वडा नम्बर १२ मा चार सय २१, वडा नम्बर  १३ मा चार सय ४६, वडा नम्बर १४ मा नौ सय ९४,वडा नम्बर १५ मा एक हजार दुईसय ५२, वडा नम्बर १६ मा एक हजार तीनसय १८ र वडा नम्बर  १७ नम्बरमा नौ सय दुई जना भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासी रहेका भूमि आयोग सर्लाहीको अध्यक्ष चन्द्र पूसाद वाग्लेले जानकारी दिए ।
उनका अनुसार जिल्लाको हरिपुर नगरपालिका १ मा  तीन सय ६४, वडा नम्बर २ मा तीनसय ७८, वडा नम्बर ३ मा एक सय ४८, वडा नम्बर ४ मा दुई सय १४, वडा नम्बर ५ मा चार सय ९३,वडा नम्बर ६ मा तीन सय ३७, वडा नम्बर ७ मा दुई सय ७०, वडा नम्बर ८ मा पाँच सय ४५ र वडा नम्बर ९ मा पाँच सय ४४ गरी हरिपुर नगरपालिकामा तीन हजार दुई सय ९३ जना भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासी रहेका छन् ।
यता, हरिवन नगरपालिका १ मा पाँच सय २२, वडा नम्बर २ मा चार सय चार, वडा नम्बर ३ मा दुई सय २३, वडा नम्बर ४ मा चार सय १९, वडा नम्बर ५ मा दुई सय छ, वडा नम्बर ६ मा एक हजार पाँच सय दुई, वडा नम्बर ७ मा एक सय ४०, वडा नम्बर ८ मा एक सय ६०, वडा नम्बर ९ मा दुईसय ३१, वडा नम्बर १० मा दुई सय ८३, वडा नम्बर ११ मा एकसय ७७ गरीकुल चार हजार दुई सय ६७ जना भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासी रहेका भूमि आयोगले जनाएको छ ।
साथै कविलासी नगरपालिका १ मा दुई सय २४, वडा नम्बर २ मा ८७, वडा नम्बर ३ मा ७१, वडा नम्बर ४ मा दुई सय १३, वडा नम्बर ५ मा एक सय ५१, वडा नम्बर ६ मा ३०,७ मा ६१, वडा नम्बर ८ मा तीनसय ९५,वडा नम्बर ९ मा एक सय ७१ र वडा नम्बर १० मा एकसय २६ जना भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासी रहेका भूमि आयोगका सदस्य चेत बहादुर मगरले जानकारी दिए । उनका अनुसारजिल्लाको बरहथवा नगरपालिकामा लगत संकलनको काम सकिएको भएपनि तथ्यांक तयार पार्ने काम बाँकी रहेको छ ।
जिल्लाका छ वटा स्थानीय तहका भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासीहरुको लगत संकलन गरि तथ्यांक तयार भईसकेको भएपनि भूमि आयोगमा खटिएका कर्माचारीहरुको व्यक्तिगत स्वर्थका कारण भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासीहरुले लालपुर्जा पाउन सकेका छैनन् ।
जिल्लामा भूमि आयोगमा अध्यक्ष राजनीतिक नियुक्ति हुने भएपनि सदस्य सचिव नापी कार्यालयका प्रमुख हुने र सदस्यहरुमा डिभिजन वन कार्यालय र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरु चयन हुने प्रावधान रहेको आयोगका प्रवक्ता वि.क ले बताए ।उनले भूमिहिन दलित सुकुम्बासीका ४२ वटा र ४० वटा अधुरा अपुरा लालपुर्जा तयार भएको भएपनि भूमि आयोगका सदस्य सचिवका कारण वितरण गर्न नसकिएको बताए ।
सदस्य सचिव नापी कार्यालय मलंगवाका प्रमुख संजय मानन्धरका कारण प्रक्रिया पुगेका फाईलहरु माथी कुनै प्रक्रिया अगाडि बढाउन नसकिएको भूमि आयोगका कर्माचारी चेत बहादुर मगरले बताए ।उनका अनुसार सदस्य सचिव मानन्धरका कारण भूमिहिन दलित सुकुम्बासीका ४२ वटा र ४० वटा अधुरा अपुरा लालपुर्जा तयार भएका भएपनि वितरण गर्न नसकिएको बताए ।
यता, केही प्राविधिक समस्याका कारण तयार भएको लालपुर्जा वितरण गर्न नसकिएको भूमि आयोग सर्लाहीका सदस्य सचिव मानन्धरले बताए ।उनले तयारी भएका लालपुर्जा सहित तथ्यांक संकलनको क्रममा पनि निकै समस्या रहेको बताए ।तर भूमि आयोग सर्लाहीका अध्यक्ष वाग्लेका अनुसार अहिले सम्म आयोगका सदस्य  सचिव मानन्धर कुनै पनि बैठकहरुमा उपस्थित भएका छैनन् । आयोगका अध्यक्ष वाग्लेका अनुसार अहिले फर्म संकलनको काम भई रहेकाले भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासीहरुको संख्या अझै बढ्न सक्ने छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech