Close This

नेविसंघ सर्लाहीद्धारा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-१० गते   २२८ पटक हेरिएको

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल विद्यार्थी संघ सर्लाहीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले असंवैधानिक,अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कदम चालेको भन्दै सोमवार सर्लाहीको लालबन्दीमा नेविसंघले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो ।
वीपीले परिकल्पना गरेको समाजवादी समाज र प्रजातान्तिक मुल्य मान्यताको विरुद्दमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले हिटलर प्रवृत्तिमा शासन गर्न खोजेको भन्दै नेविसंघले आक्रोश पोखेको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध कार्यक्रममा नेविसंघ सर्लाहीका नेताहरु युबराज देवकोटा, मनोज बख्रेल, कृष्ण कार्कीको नेतृत्वमा पुत्ला दहन गरिएको नेविसंघ सर्लाहीका नेता मनोज बख्रेलले जानकारी दिनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस लालबन्दी नगर सभापति प्रशान्त आचार्य, वीपी कोइराला युवा नेतृत्व विकास मञ्च सर्लाहीका संस्थापक अध्यक्ष मनोज बख्रेल, जीपी फाउन्डेसन लालबन्दी अध्यक्ष कल्याण पुरी, नेविसंघका नेता राजेश काफ्ले, प्रवेश ढुंगाना, शशि कुमार यादव लगायतको सहभागिता रहेको थियो ।
प्रधानमन्त्री ओली तानाशाह बन्दै गएका र मपाइत्वमा मैमत्त भएको भन्दै सवै लोकतान्त्रिक शक्तिहरुलाई प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कदमको विरोध गर्न विद्यार्थी नेता देवकोटाले आग्रह गर्नु भयो । वीपीले परिकल्पना गरेको समाजवादी समाज र प्रजातान्तिक मुल्य मान्यताको विरुद्दमा प्रधानमन्त्री ओलीर राष्ट्रपति भण्डारीले हिटलर प्रवृत्तिमा शासन गर्न खोजेको भन्दै त्यस्तो खुलेर विरोध गर्नु पर्ने नेता बख्रेलले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech