महोत्तरीको बर्दिवास नगरपालिका ५ स्थित टुटेश्वर मन्दीर जाने बाटो छेउका दुई सय नौ वटा रुख काटिएको छ महिना बितेको भएपनि रुख काट्नेहरुलाई कार्बाही हुन सकेको छैन् ।भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलन र त्यसबाट सृजना भएको असहज परिस्थितिको फाईदा उठाउँदै बर्दिवास नगरपालिका ५ स्थित टुटेश्वरनाथ साझेदारी वन व्यवस्थापन समितिको क्षेत्रबाट दुई सय नौ वटा विभिन्न प्रजातिका रुखहरु काटिएका थिए ।
साझेदारी वन क्षेत्रका साल,असना,कर्मा,जामुनु,हाडे र बोड धयाँरो लगायतका प्रजातिका करिब सात हजार चार सय २९ क्युविफिट हरिया रुखहरु काटिएको भएपनि सरोकारवाला निकाय डिभिजन वन कार्यालय जलेश्वर महोत्तरी र सव डिभिजन वन कार्यालय टुटेश्वरका साथै सम्बन्धीत टुटेश्वरनाथ साझेदारी वन व्यवस्थापन समिति मौन बसेको स्थानीयको आरोप छ।
आधुनिक हँतियारको प्रयोग गरी छोटो समयमै दुई सय नौ वटा रुखहरु काटिएको भएपनि उक्त कार्यमा संग्लग्नहरुको खोजी गर्ने तथा उनीहरु विरुद्ध मुद्धा दायर गरेर कानूनी दायरामा ल्याउने सवालमा सरोकारवाला निकाय मौन बस्दा वन तस्करहरुको मनोबल बढी रहेको उनीहरु बताउँछन् ।
भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलन र त्यसबाट सृजना भएको असहज परिस्थितिको कारण वनकर्मीहरुले गस्ती गर्न नसक्दा तस्करहरुले त्यसको फाईदा उठाउँदै स्थानीय केही मानिसहरुले सडक छेउका रुखहरु काटेका भएपनि उनीहरुको पहिचान गर्ने र कार्बाहीको दायरामा ल्याउने कार्यमा सरोकारवाला निकाय छ महिनादेखि सुस्त देखिएको छ ।
स्रोतका अनुसार असहज परिस्थितिमा पनि गस्तीमा निस्केको सुरक्षाकर्मीहरु सहितको वनकर्मीहरुको टोलीले स्थानीय कृष्ण कुमार घलान र सूर्य वि.कलाई नियन्त्रणमा लिएको भएपनि स्थानीयले सव डिभिजन वन कार्यालय टुटेश्वरमा तोडफोड तथा आगजनी गर्न आएपछि बाध्य भएर उनीहरुलाई छाडिएको थियो।टुटेश्वरनाथ साझेदारी वन व्यवस्थापन समितिका सदस्य समेत रहेका वि.क.र अर्का स्थानीय घलानलाई स्थानीयको भिडका कारण
नियन्त्रणमा राख्न नसकिएको भएपनि उनीहरु सहित धेरैजनामाथि अनुसन्धान सुरु गरिएको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख एवम डिभिजनल वन अधिकृत अजय मिश्रले सोही समयमा जानकारी दिएका थिए।तर घटना घटेको छ महिना बित्ति सकेको भएपनि सो सम्बन्धमा मिश्र समेत सुस्त देखिएका छन् ।
सो क्षेत्रमा पटक पटक रुख काटी तस्करी हुने गरेको र वनकर्मीहरुको टोलीले निगरानी बढाएपछि केही मानिसहरु शकांको घेरामा राखीएकोमा वि.क र घलान नै अहिले रुख काट्ने काममा सग्ंलग्न रहेका पाइएपछि अनुसन्धान थप बढाईएको डिभिजन वन कार्यालय महोत्तरीले बताएको थियो ।
कार्यालयले घटनास्थमा रहेका रुखको विवरण संकलनको काम तत्काल गरेको भएपनि उत्त कार्यमा संग्लग्नहरुलाई नियन्त्रणमा लिने र कानूनी दायरामा ल्याउने सवालमा सबै सरोकारवाला निकाय सुस्त देखिँदा साझेदारी वनका अध्यक्ष विनय कुमार झाले समेत जवाफ पेश नगरेका पाइएको छ ।
आफु अध्यक्ष रहेको साझेदारी वन क्षेत्रको रुख काँटिएको सूचना पाएर घटनास्थलमा पुग्दा स्थानीयले घरायसी हात हँतियार देखाएर धम्की लगाउदँै आफुलाई करिब दुई घण्टा नियन्त्रणमा लिएका टुटेश्वरनाथ साझदोरी वन व्यवस्थापन समितिका अध्यक्ष झाले बताएका थिए। तर उनलाई सव डिभिजन वन कार्यालय टुटेश्वरका तत्कालीन प्रमुख एवम उक्त घटनाका अनुसन्धान अधिकृत राकेश वि.क.ले घटना भए लगतै जवाफ दिन पत्राचार गरेका भएपनि यो समाचार तयार पार्दै गर्दा सम्म साझेदारीका अध्यक्ष झाले बयान नदिएका पाइएको छ ।स्रोतका अनुसार साझेदारीका अध्यक्ष झाको जवाफ नआउनुले उनको समेत मिलेमतोमा रुख काटिएको हुन सक्ने आशंका गरिएको छ ।
यता,डिभिजन वन कार्यालय तथा सव डिभिजन वन कार्यालयले अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गर्ने क्रममा साझेदारीसंग समन्वय नगरेको साझेदारीका अध्यक्ष झाको आरोप छ ।उनले अनुसन्धानमा धेरै जना तानिनु पर्नेमा डिभिजन वन कार्यालय तथा सव डिभिजन वन कार्यालयले वि.क. र घलानलाई मात्रै शंकाको घेरामा राखेको समेत बताए ।बर्दिवास नगरपालिका ५ स्थित टुटेश्वरनाथ साझेदारी वन व्यवस्थापन समितिको वन क्षेयस अघिपनि पटक पटक रुख काटीने गरेको भएपनि वनकर्मीहरु निस्क्रिय बसेका कारण वनजन्य पदार्थको चोरी तस्करी गर्नेहरुको मनोवल बढी रहेको हो ।