हरिवन नगरपालिका सडक मानवमुक्त पालिका घोषणा

325 Shares

सर्लाहीको हरिवन नगरपालिकालाई बिहीबार सडक मानवमुक्त नगरपालिका घोषणा गरिएको छ ।हरिवन नगरपालिका ११ स्थित सुर्ति विकास चौरमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ समारोहको उद्घाटनका अवसरमा हरिवन नगरपालिकालाई मधेश प्रदेशकै पहिलो सडक मानवमुक्त नगरपालिका घोषणा गरिएको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले जानकारी दिए ।
मानव सेवाश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले नगरपालिका र मानवसेवा आश्रम दुवै भएर सडक मानवमुक्त पालिका घोषणा कार्यान्वयन गर्ने उद्घोष गरिएको नगर प्रमुख बुढाथोकीले बताए ।सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा क का प्रदेशसभा सदस्य जवाहारलाल कुशवाहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा हरिवन नगरपालिकाले मानवसेवा आश्रमको अधुरो भवन निर्माणका लागि रु ५६ लाख ११ हजार बराबरको चेक समेत हस्तान्तरण गरेको छ ।

सम्बन्धित समाचार