नेकपा (माओवादी केन्द्र)का नेता र नेतृत्वप्रति लक्षित गरी नेकपा (एमाले) जिल्ला कमिटी, सिन्धुलीले गरेको गतिविधि प्रति माओवादी केन्द्र सिन्धुलीले प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण भएको जनाएको छ।एमाले सिन्धुलीले पुस ४ र ५ गते दुधौलीमा सम्पन्न गरेको पूर्ण बैठकका निर्णय र जारी सात बुँदे घोषणा पत्रप्रति माओवादी केन्द्र जिल्ला समन्वय समिति सिन्धुलीको गम्भीर ध्यानाकर्षण भएको हो ।
“एमाले सिन्धुलीले जारी गरेको घोषणा पत्रमा हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)को अभिव्यक्ति र वैयतिक स्वतन्त्रता समेतलाई कुण्ठित गर्ने गरी प्रतिबन्धित गर्न र प्रतिवादमा उत्रिन कार्यकर्तालाई निर्देशन गर्नु, मरिण गाउँपालिका ५ मा माओवादी केन्द्रका कार्यकर्ताहरुले ऐलानी जग्गा नापीको क्रममा प्रति कठ्ठा रु. पाँच सयका दरले रकम लिएको र मरिण गाउँपालिका ५ मै गाई काटेको आरोपमा माओवादी केन्द्रका कार्यकर्ताले सुराकी गराई निर्दोष व्यक्तिहरु नगदले गोले र ऐमान गोलेलाई पक्राउ गराएको जस्ता अनर्गल आरोप र भ्रामक निर्णय गरी जारी गरेको घोषणा पत्रको हाम्रो पार्टी घोर आपत्ति प्रकट गर्दछ।साथै उक्त गलत,झुट र भ्रामक निर्णयको भत्सर्ना समेत गर्दछ ।एवम सम्पूर्ण न्यायप्रेमी जनसुमदायमा यस्ता गलत,भ्रामक र कपोल्कल्पीत आरोप प्रति सचेत रहन अपिल गर्दछौं ।”माओवादी केन्द्र जिल्ला समन्वय समिति सिन्धुलीका इन्चार्ज बुद्धिमान माझी(वसन्त) र संयोजक पानिराज बम्जनले संयुक्त हस्ताक्षर गरी जारि गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ ।
मंगलबार जारी गरिउको विज्ञप्तीमा“एमाले जस्तो आफुलाई लोकतन्त्रको मसिया दावी गर्ने पार्टीले अरु पार्टी र नेता कार्यकर्ताहरुको चरित्रा हत्या हुने गरी निर्णय गरी प्रतिवादमा उत्रन निर्देशन दिनुले माओवादी केन्द्रसँग सिधैं मुठभेट गर्न तयारी गरेको आभाष भएको छ।त्यसैले एमाले पार्टीले गरेको कथित प्रतिवादमा उत्रने निर्णयलाई सच्याउँदै संयमित र राजनीतिक व्यवहार प्रस्तुत गर्न आग्राह गर्दछौं।अन्यथा यसबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार स्वयम् नेकपा (एमाले) सिन्धुली हुने समेत हामी चेतावनी दिन चाहान्छौं ।”भनिएको छ ।