Close This

लालबन्दी नगरपालिका १४ मा पाँच दलिय गठबन्धनको भेला सम्पन्न,सधैँ ठुला सपना लिएर पुग्ने नेता,विकास लिएर नपुगेको स्थानियको गुनासो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२२ गते   १३७८ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १४ स्थित सत्र कठ्ठामा पाँच दलिय लोकतान्त्रिक बाम गठबन्धनको भेला सम्पन्न भएको छ । लालबन्दी नगरपालिका १४ स्थित सत्र कठ्ठामा पाँच दलिय लोकतान्त्रिक बाम गठबन्धनको भेला सम्पन्न भएको हो ।
राष्ट्रिय सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य राधेश्याम पासवानको मुख्य अतिथिमा भएको पाँच दलिय लोकतान्त्रिक बाम गठबन्धनको भेलामा लालबन्दी नगरपालिका १४ का स्थानियले विकास,शिक्षा र स्वास्थ्य सम्बन्धि उम्मेदवारहरुको ध्यानाकर्षण गराएका थिए । उनिहरुले हरेक निर्वाचनको समयमा नेताहरु ठुला सपना बोकेर आउने गरेका भए पनि निर्वाचित भएर गएपछि कुनै नेता फर्किएरपनि नआउने गर्दा आफुहरु मारमा परेको बताएका छन् ।
हरेक निर्वाचनमा नेताहरु आउँछन्,जान्छन् ,तर यहाँको अवस्था सधैँ उस्तै हो । स्थानियको भनाई छ । भेलामा उपस्थित भएका नेताहरुले स्थानियले उठाएका विषयहरुमा आफुहरुको ध्यानाकर्षण भएको र स्थानियले उठाएका कुराहरुलाई नेताहरुले पुरा गर्ने प्रतिवद्धता जनाएका हाम्रा सहकर्मी राजेश थापाले जानकारी दिए ।
कार्यक्रममा विशिष्ट अतिथिमा संविधान सदस्य राम चन्द्र चौधरी लगायत सर्लाही १ बाट  प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामप्रकाश चौधरी,सर्लाही १(ख)प्रदेश सभा सदस्य पदका उम्मेदवार बेची लुङ्गेली मगर, लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेब अधिकारी लगायत पाँच दलिय गठबन्धनका नेताहरुको उपस्थिती रहेको थियो ।
तर,हरेक निर्वाचनमा पर्चा,पम्प्लेट,झण्डा र ठुला सपना बोकेर पुग्ने नेताहरुलाई  सर्लाहीको कर्णाली भनेर चिनिने लालबन्दी नगरपालिका १४ मा हाल सम्म पनि विद्युत सेवा नपुगेको विषयमा ध्यान पुगेन् । विगत ३ वर्ष पहिलै पोल गाड्ने र तार टांग्ने काम सकिएको भएपनि स्थानिय जनप्रतिनिधिहरुको अवरोधका कारण हाल सम्म पनि सर्लाहीको कर्णाली अँध्यारै रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech