Close This

जिल्लाका विद्यालयहरुमा अनलाई कक्षा कोरोना महामारीमा पनि सिकाइ निरन्तर,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-१४ गते   ३१६३ पटक हेरिएको

वश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणका कारण विकास निर्माण,अर्थतन्त्र मात्र नभई शैक्षिक गतिविधि समेत नराम्ररी प्रभावित भएको छ । कोरोना नियन्त्रण तथा न्युनिकरणका लागि भन्दै जारी गरिएको निषेधाज्ञाका कारण देशभरको शैक्षिक गतिविधि पुर्णरुपमा प्रभावित भएको छ ।
विद्यार्थीहरुको भौतिक उपस्थिती नगराई भर्चुअल तथा अनलाई विधिबाट पठन पाठन सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ । तर सबै विद्यार्थीहरु प्रविधिको पहुँचमा पुग्न नसकेका कारण भर्चुअल तथा अनलाई विधिबाट गरिने पठन पाठन पनि प्रभावित भएको छ । केही स्थानिय निकायहरुले शिक्षा निति नै बनाएर भएपनि विद्यालयहरुलाई प्रविधि मैत्री बनाउँदै भर्चुअल तथा अनलाई विधिबाट पठन पाठन गरि रहेका छन् ।
प्राविधिको पहुच भएका विद्यालयहरुले भर्चुअल तथा अनलाई विधिबाट पठन पाठन गराएका भएपनि ग्रामिण क्षेत्रका विद्यालयहरु र विद्यार्थीहरु प्रविधिको पहुँचमा पुग्न नसकेका कारण भर्चुअल तथा अनलाई विधिबाट गरिने पठन पाठन प्रभावित भएको हो ।
त्यसैक्रममा सर्लाहीको बरथवा नगरपालिकाले शिक्षा सुधार योजना बनाएर नगर भित्रका विद्यालयहरुमा लागु गरेको छ । बरथवा नगरपालिका ५ को चक्र जनता शहिद गंगा मावि प्रविधिको पहुचमा रहेका कारण विद्यालय सुनसान देखिएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै नगपालिकाले टोल टोलमा शिक्षक पठाएर अभिभाव समुह बनाउँदै शैक्षिक गतिविधिलाई निरन्तरता दिएको छ । विद्यालय बन्द रहेको समयमा शिक्षकहरुलाई टोलटोल मै पठाएर अभिभावक समुह बनाई शिक्षकलाई खटाएर प्रविधिमा आधारित रहेर पठन पाठन गरि रहेको छ । 
नगरपालिकाले वैकल्पीक प्रविधिको प्रयोग गर्दै सिकाईलाई निरन्तरता प्रदान गर्न विद्यार्थीहरुलाई आग्रह गरेको छ ।  भने विद्यार्थीहरु पनि भर्चुअल तथा अनलाई विधिबाट गरिएको पठन पाठनमा सहभागी भएका छन् । विद्यार्थीहरुले आफुले नजानेका कुरा सम्बन्धीत विषयगत शिक्षकलाई भर्चुअल तथा अनलाई विधिबाट तथा फोन र एसएमएस विधिबाट सिकि रहेको बताएका छन् ।
टोलटोलमा रहेका विद्यार्थीहरुको समुह बनाई भर्चुअल तथा अनलाई विधिबाट ग्रुपमा बसी सम्बन्धीत विषयगत शिक्षकलाई फोन तथा एसएमएस गरेर आफ्ले नजानेको कुरा सिकी रहेको बताएका छन् । भने केही विद्यार्थीहरुसंग मोवाईल फोन नहुँदा र समय समयमा विद्युत अवरुद्ध भईरहँदा आफुहरुलाई केही समस्या हुने गरेको विद्यार्थीहरुको गुनासो छ । दक्ष शिक्षक शिक्षिका हुनु,नुबुझेका कुरा भर्चुअल तथा अनलाई विधिबाट तथा फोन र एसएमएस विधिबाट सिकाउनुले आफुहरुलाई निकै राहत पुगेको विद्यार्थीहरुको भनाई छ । 
सिकाईलाई निरन्तरताप्रदान गर्न स्थानिय सरकार,सिकाई निरन्तरता अभियान,नेपाल शिक्षक महासंघ,विद्यालय व्यावस्थापन समिति महासंघ र युनिसेफको विशेष पहल मार्फत योजना बनाई लाग्ु गरेको बरथवा नगरपालिका शिक्षा शाखा प्रमुख अनिल साहले बताउनुभयो । उहाँका अनुसार सरकारी विद्यालयहरुमा गरीब नागरिकका छोराछोरीहरु पढ्ने,सबै विद्यार्थीहरुसंग स्मार्ट फोन नहुनु र  समय समयमा विद्युत अनियमित तरिकाबाट कटौती हुनुले सिकाई कार्यमा समस्या भएको छ । 
टोल टोलमा बनाइएका अभिभावक समुहले आफ्ना नानीबाबुहरु पढे नपढेको सम्बन्धीत विषयगत शिक्षकलाई जानकारी गराउने गरेका छन् । जसबाट नगरपालिकाले थालेको सिकाई निरन्तरता अभियान थप प्रभावकारी भएको बरथवा नगरपालिकाका नगर प्रमुख देवानन्द महत्तोले बताउनुभयो । उहाँका अनुसार सबै विद्यार्थीहरुसंग स्मार्ट मोवाईल नहुँदा केही समस्या भएपनि शिक्षकहरु टोलटोलमा गएर विद्यार्थी पढि रहे नरहेको अनुगमन गरि रहेका छन् । तर भर्चुअल तथा अनलाई विधिबाट तथा फोन र एसएमएस विधि तथा वैकल्पीक विधिबाट पठन पाठन गर्दा धेरै नै समस्या भएको विद्यार्थीहरुको गुनासो छ । खुल्ला रुपमा कक्षा कोठामा बसेर अध्यायन गरि रहेका विद्यार्थीहरु बन्द कोठामा घरमा बसेर अध्यायन गर्न बाध्य भएका छन् ।
त्यसैगरी जिल्लाकै लालबन्दी नगरपालिका ९ मा रहेको जनजोती माविले पनि विद्यार्थीहरुको पढाई नबिग्रोस भनेर अनलाई कक्षा सञ्चालन गरि रहेको छ । प्रदेश २ कै नमुना विद्यालयको रुपमा रहेको जनज्योती माविले आफ्ना विद्यार्थीहरुको पढाईलाई निरन्तरता दिन अनलाई कषा सञ्चालन गरि रहेको प्रधानाध्यापक रामनिवाससाहले बताउनुभयो । उहाँका अनुसार कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुका लागि अनलाई कक्षा सञ्चालन भईरहेको छ ।
यता,पाठ्य पुस्तकको खरिद सबै स्थानिय निकायले गरि सकेका र सबै विद्यार्थीहरुको हातहातमा पाठ्यपुस्तक पुर्याउने काम शुरु भएको शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीका प्रमुख रामआधार कुशवाहले बताउनुभयो । उहाँका अनुसार हाल २५ प्रतिशत विद्यार्थीहरुको हातहातमा पाठ्य पुस्तक पुगि सकेको छ भने असार २० सम्ममा जिल्लाका सबै विद्यालयका विद्यार्थीहरुको हातहातमा पाठ्य पुस्तक पुग्ने छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech