Close This

पौरखीको १० औँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पौडेल,बाकी ८ पद रिक्त

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-२९ गते   १५७३ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ७, मा रहेको पौरखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नाे  १० औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाका निवर्तमान अध्यक्ष शालिग्राम लम्सालको अध्यक्षता तथा उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको संस्थाले जनाएको छ। सभाले संस्थाको नयाँ कार्य समितिको अध्यक्षमा उद्धव प्रसाद पौडेललाई सर्वसम्मत रुपमा चयन गरेको निवर्तमान अध्यक्ष लम्सालले जानकारी दिनुभयाे ।
संस्थाकाे शनिबार भएकाे साधारण सभाले ९ सदस्यीय कार्य समितिमध्ये अध्यक्ष मात्र चयन गरेको र बाँकी पदाधिकारी तथा सदस्यहरु भने एक/दुई दिनभित्रै सम्पूर्ण सल्लाहकारहरु बसेर चयन गरिने संस्थाले जनाएको छ ।
गत आर्थिक वर्ष २०७७/०७८ मा रु ६ लाख ४५ हजार २ सय ९ रुपैयाँ १४ पैसा नाफा आर्जन गरेको संस्थाले शेयर सदस्यहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech