मिटर व्याज पीडित किसान मजदुर संघर्ष समिति सर्लाहीको कार्यालयमा तोडफोड भएको छ । सर्लाहीका लेखापढी व्यावसायीहरु र मिटर व्याज पीडित किसान मजदुर संघर्ष समिति सर्लाही विच विवाद सृजना भएपछि लेखापढी व्यवसायीहरुले समितिको कार्यालयमा तोडफोड गर्नुका साथै महत्वपुर्ण कागजातहरु नियन्त्रणमा लिएका समितिकी अध्यक्ष रुक्मीणि चौधरीले जानकारी दिईन्।
मिटर व्याज साहु महाजनहरुका मुद्धामा लेखापढी व्यवसायीहरु वारेश बस्ने गरेपछि साहु महाजनहरु फरार भई रहने गरेका कारण समस्या समाधान नभएपछि आफुहरुले साहु महाजनको वारेश नबसि दिन आग्रह गर्दा आफुहरुमाथि अपशब्द प्रयोग गरेका कारण त्यसको विरोध गरेको अध्यक्ष चौधरीले बताईन् ।
उनका अनुसार लेखापढी व्यवासयीहरुले कार्यालयमा रहेको रु तीन लाख १० हजार नगद् लुटिएको,एउटा मोवाईल लेखापढी व्यवसायीहरुले नियन्त्रणमा लिएका,कार्यालयका फर्निचरहरु तोडफोड गर्नुका साथै कार्यालयमा रहेको महत्वपूर्ण कागजातहरु र प्लाष्टिक आगजनी गरेका छन् ।लेखापढी व्यवासायीहरुको आक्रमणका कारण नथुनी मुखिया,वविता दास र सविता दास घाईते भएका छन् ।
त्यस्तै,मिटर व्याज पीडित किसान मजदुर संघर्ष समिति सर्लाहीको आक्रमणका कारण लेखापढी व्यवासायी तर्फ राम कलेवर राय सामान्य घाईते भएका छन्।भने समिति तर्फका फकिरा राय पक्राउ परेका समितिकी अध्यक्ष चौधरीले बताईन् । आफुहरुको कार्यालयमा तोडफोड गर्न लेखापढी व्यवासायीहरु विवाद गर्न आएप्छि प्रहरीलाई जानकारी गराउँदा पनि वेवास्था गरेका कारण आफुहरुको कार्यालयमा ठूलो क्षती भएको अध्यक्ष चौधरीले बताईन् ।
यता,कानून व्यवासायीहरु,पेशाकर्मीहरुका साथै सहयोगीहरु र सेवाग्राहीहरु असुरक्षित रहेका नेपाल बार एसोसियसन नेपाल सर्लाहीका अध्यक्ष ओम प्रकाश थापाले बताए।उनका अनुसार मिटर व्याज पीडित किसान मजदुर संघर्ष समिति सर्लाहीका केही मानिसहरुले सबै कानून व्यावसायीहरुको चेम्बर मै आएर अभद्र व्यवहार तथा धम्की लगाउने काम गरेपछि सर्लाहीका कानून व्यवासायीहरुको ध्यानाकर्षण भएको छ ।
सोही विषयलाई लिएर लेखापढी व्यवसायी संघ सर्लाहीले बारमा निवेदन दिएको र सो सम्बन्धमा छलफल भएको बारका अध्यक्ष थापाले बताए।मिटर व्याज पीडित किसान मजदुर संघर्ष समिति सर्लाहीको कार्यालय तोडफोडको सवालमा सर्लाहीका कानून व्यावसायीहरु संग्लग्न नरहेका साथै कुनैपनि अभद्र तथा गैर कानूनी कार्यमा कानून व्यावसायीहरु नलाग्ने बारका अध्यक्ष थापाले बताए।उनका अनुसार लेखापढी व्यवासायी र कानून व्यावसायीहरु फरक फरक रहेका कारण अन्य संघ/संस्थाहरुबाट त्यस प्रकारका गतिविधिहरु भएका भए आफुलाई थाहा नभएको समेत बताए।आफुहरुले जिल्ला अदालत सर्लाहीलाई आफुहरु असुरक्षित नहुँदा सम्म कुनै पनि काम नगर्ने भन्ने जानकारी गराएको समेत बारका अध्यक्ष थापाले बताए ।