महोत्तरी कारागारबाट पाँच सय ७२ जना कैदी वन्दी भागे

311 Shares

महोतरीको जलेश्वरस्थित रेहको महोत्तरी कारागारको पर्खाल भत्काएर पाँच सय ७२ जना कैदी फरार भएका छन्।मंगलबार साँझ करिब सात बजे पाँच सय भन्दा बढी संख्यामा आएका प्रदर्शनकारी र भित्रका कैदीले एकै साथ पर्खाल भत्काएपछि स्थिति नियन्त्रण बाहिर गएपछि पाँच सय ७२ जना कैदी वन्दी भागेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीक अनुसार आन्दोलनकारीको हातमा भाटा र कैदीको हातमा खाना बनाउन ल्याएको चिर्पट हुँदा प्रहरीले केही गर्न सक्ने अवस्था नरहेपछि कारागारको पर्खाल भत्काएर केली वन्दीहरु भागेका हुन ।जिल्ला प्रशासन कार्यालय महोत्तरीले मंगलबार साँझ ६ बजेर ४० मिनेटदेखि बुधबार बिहान ८ बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ ।

सम्बन्धित समाचार