फौजदारी न्याय प्रणालीलाई सरल, सहज र चुस्त बनाउन अन्तरक्रिया कार्यक्रम

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-३ गते   ७८ पटक हेरिएको

सर्लाहीमा फौजदारी न्याय प्रणालीलाई सरल, सहज र चुस्त बनाउन न्याय निरोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
जिल्ला प्रहरी कार्यालय सर्लाहीले आयोजनामा सर्लाही जिल्ला अदालत, जिल्ला सरकारी वकील कार्यालय र जिल्ला प्रशासन कार्यालय सर्लाहीको सहभागीतामा कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
 नेपाल प्रहरीका अनुसन्धान अधिकारीहरु,सरकारी वकिल,जिल्ला अदालत सर्लाहीका प्रतिनिधिहरुको समन्वयमा भएको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाको अध्यक्षता तथा सर्लाही जिल्ला अदालतमा जिल्ला न्यायधिश दुर्गा बहादुर ढुगेंलको प्रमुख आतिथ्यतामा  कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयो । 
न्यायधिशहरु, जिल्ला सरकारी वकील कार्यालय सर्लाहीका जिल्ला न्यायधिवक्ता र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरीप्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईले कार्यक्रमको सहजीकरण गर्नु भएको आयोजकले जनाएको छ । सलाृहीको हरिपुरमा आज(शनिबार) कार्यक्रम सम्पन्न भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech