मधेशमा अझै हटेन दाईजो प्रथा,दाईजोको वाहनमा वर्षेनी दर्जनौं घटना,

491 Shares

विभिन्न चरणमा संघर्ष र आन्दोलनसंगै नेपालमा थुप्रै राजनीतिक परिवर्तनहरू भए।राणाशासन,पञ्चायत,राजतन्त्रलाई तिलाञ्जली दिंदै अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा संविधान सभाबाट बनेको संविधानको कार्यान्वयनको चरणमा देश अगाडि बढी रहेको छ ।राजनीतिक रूपमा जे९जति परिवर्तनहरू देखिए पनि सामाजिक रूपमा अहिले पनि परिवर्तन सन्तोषजनक छैनन् भन्ने विभिन्न सामाजिक कुरीतिहरुबाट प्रष्ट हुन्छ र यसको ज्वालन्त उदाहरण बाल विवाह,बहु विवाह,दाईजो प्रथा,बोक्सी प्रथा,चेलिबेटी बेचबिखन,छाउपडी प्रथा लगायतका पुरातन बादी परम्परा हुन ।
त्यसमध्ये दाईजो प्रथा विशेष गरी तराई मधेशमा मात्र नभइ सर्वत्र व्याप्त रहेको पाईन्छ । मधेशमा दाईजोलाई ९दहेज० भनिन्छ।यसले मधेशमा मात्र होईन देशभरी नै भयानक रुप लिदै गएको छ।दाईजो लिने दिने प्रवृतिका कारण खास गरेर गरीब समुदायलाई सबैभन्दा बढी समस्या हुने गरेको छ ।
तराई मधेशमा कसैको घरमा छोरीको विवाहको कुरा चल्दा संगसंगै दाइजोको पनि कुरा उठ्छ।दाईजो लिनु दिनु गैह्र कानुनी भएपनि यो चलन अझै पनि हट्न सकेको छैन।दाईजो लिन वा दिन नपाईने, कसैले दाईजो लिए दिएको पाईएमा कारवाही हुने कानुनी व्यवस्था भएपनि यो अझै कार्यान्वयनमा छैन 
विशेषगरि मधेश प्रदेशमा दाईजो प्रथा हट्न सकेको छैन।कति ठाउमा केटा पक्षले केटी पक्षलाई सिधै तोकेर नै दाईजो माग्ने गरेका छन्।केहि नदिईकन खाली हात छोरीलाई विहे गरेर पठाउदा मान्छे के भन्लान भन्दै छोरीलाई केहि न केहि दिएरै पठाउनुपर्छ यो रहर नभएर बाध्याता भएको बाराको जितपुरका रतनलेले बताउनुभयो ।दाईजोका कारण सबैभन्दा बढी गरीब परिवार समस्यामा पर्ने गरेका छन।दाईजोले धेरैलको घर घडेरी पनि बेच्नुपर्ने अवस्था सृजना हुने गरेको छ।
त्यस्तै कतिपयले त दाईजो नदिएकै कारण महिलाईहरुको हत्या गर्नुका साथै घर निकाला गर्ने र कुटपिट गरी अगंभंग समेत गर्ने गरेका थुप्रै घटनाहरु देख्न र सुन्न पाइन्छ। दाईजोका कारण तराईमा वर्षेनी कयौ महिलाले ज्यान गुमाएका पनि उदाहरणहरु छने। दाईजो दिनको लागि पैसा नहुनेहरु त खाडी मुलुकमा गएर दुख गर्न बाध्य समेत भएका छन।उनिहरुको लागि छोरी जन्मनु नै ऋण निम्तनु हो ।
छोरीलाई आफुखसी छोरा सरह सम्पति दिनुलाई गलत मान्न सकिदैन तर केटा पक्षबाट तोकेर नै दाईजो माग्नाले यसले समाजमा अन्य किसिमका बिकृती निम्त्याउन सक्ने खतरा पनि त्यतिकै छ।व्याप्त रहेको दाईजोप्रथा, बहुविवाह, बालविवाह लगाएतका कुरुती र कुसंस्कारलाई जराबाट नै समाप्त गर्न स्थानिय तथा प्रदेश र केन्द्र सरकारले विशेष अभियान नै चलाउनु पर्ने देखिन्छ।अहिले मधेश प्रदेश सरकारले बेटी पढाउ,बेटी बचाउ अभियान सुरु गरेको भएपनि  दाइजो प्रथा,बाल बिबाह,बहुबिबाह,लैङगीक हिंसा,घरेलु हिंसा लगायतका समस्या निरन्तर भई रहेका छन।दाईजो प्रथा अन्त्यका लागि जनचेतना स्तर बृद्धि गर्नुका साथै बनेका कानुन कार्यान्वयनमा पनि जोड दिए मात्रै यो प्रथाको अन्त्य हुने जानकारहरुको विश्वास छ ।

सम्बन्धित समाचार