बलराका नगर प्रमुख कुशवाहा सहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

181 Shares

सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख सहित आठ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।बलरा नगरपालिकाका नगर प्रमुख रामा शकर प्रसाद कुशवाहासहित प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार साह,लेखापाल राजकुमार महतो,तत्कालीन योजना शाखा प्रमुख उदयकुमार साह, बलरा नगरपालिका ५ का अध्यक्ष मनोज मोहन कुमार सिंह तथा रौतहटको शान्ति विकास कल्याण केन्द्रका अध्यक्ष सविन्द्र नारायण साह र सदस्यहरू उमेश कुमार पासवान तथा जाजुल मिया कवारी विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूले नगरस्तरीय कार्यक्रम“किशोरीहरूका लागि खेलौना बनाउने तालिम”सञ्चालन गर्न सम्झौता गरेको तर तालिम नै सञ्चालन नगरि झुट्टा तथा नक्कली बिल भपराई लगायतका कागजान तपार पारेर प्रतिवेदन तयार पारेको अख्तियारको आरोपपत्रमा उल्लेख गरिएको छ । अख्तियारले नगर प्रमुख कुशवाहा सहित आठ जना विरुद्ध जनही रु तीन लाख ८२ हजार ५३ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।नगर प्रमुख कुशवाहा तत्कालीन नेकपा(माओवादी केन्द्र) हालको नेपाली कम्युनिष्ट पार्टीका नेता हुन् ।

सम्बन्धित समाचार