अपरहरण,शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दामा संलग्न एक फरार प्रतिवादी पक्राउ

708 Shares

गणेश खड्का
सर्लाही प्रहरीले अपरहरण,शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दामा संलग्न एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अपरहरण शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दामा संलग्न फरार प्रतिवादी बलरा नगरपालिका ३ का अन्दावजी वर्ष २० का साधु लोहारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए । 
उनका अनुसार जिल्ला प्रहरी कर्यालय रौतहटले मन्त्रीबाबु राय समेत भएको अपरहरण,शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दामा संलग्न फरार प्रतिवादी सर्लाहीको बलरा नगरपालिका ३ का अन्दाजी वर्ष २० का लोहारलाई आफ्नै गाउँ घरमा लुकी छिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो । नियन्त्रणमा लिइएका लोहारलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार