इश्वरपुरको एकिकृत प्रजनन् स्वास्थ्य शिविरबाट १९३ जना महिलाहरु लाभान्वीत

1.8k Shares

सर्लाहीको बयलवासमा तीन दिने एकिकृत प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।मंसिर २० गतेबाट इश्वरपुर नगरपालिका ६ बयलवास स्थित नगर अस्पतालमा भएको परिवार नियोजन बन्ध्याकरण घुम्ती तथा एकिकृत प्रजनन् स्वास्थ्य शिविरमा १ सय ९३ जना महिलाहरुले लाभ लिएका छन् ।
इश्वरपुर नगरपालिका ६ बयलवास स्थित नगर अस्पतालमा इश्वरपुर नगरपालिकाको आयोजना तथा नगर अस्पताल बयलवासको समन्वयमा मंसिर २० गतेदेखिे परिवार नियोजन बन्ध्याकरण घुम्ती तथा एकिकृत प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गरिएको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले कमलामाई मिडिया प्रा.लिलाई जानकारी दिए ।
उनले जबसम्म नागरिकहरुको स्वास्थ्य,शिक्षा,दैनिक जीविकोपार्जनमा पहुच हुदैन तब सम्म स्वीस र फिजीको मोडालिटीको विकास गर्छु भन्नु भाषणमा मात्र हुने कमलामाई मिडिया प्रा.लिलाई बताए । मंसिर २० गते मंगलबार देखि सुरु भएको तीनदिने परिवार नियोजन बन्ध्याकरण घुम्ती तथा एकिकृत प्रजनन् स्वास्थ्य शिविरमा मिनिल्याप,भ्यासेक्टोमी र पाठेघर खस्ने लगायतका सेवाहरु सञ्चालन गरिएको इश्वरपुर नगर स्वास्थ्य शाखा संयोजक सुरेन्द्र महतोले बताए । उनका अनुसार शिविरमा मिनिल्याप १ सय ७ जना र पाठेघर खस्ने समस्याका ८६ जना महिलाहरुको उपचार गरिएको छ ।
जस मध्य २ जनाको पाठेघरको शल्याक्रिया नै गर्नु पर्ने समस्या देखिएको र बाँकी ८४ जनाको सामान्य औषधी प्रयोगबाट नै समस्या समाधान हुनेदेखिएको नगर स्वास्थ्य संयोजक महतोले कमलामाई मिडिया प्रा.लिलाई बताए । मधेशका महिलाहरु आफ्ना स्वास्थ्य समस्या लुकाउन बाध्य भएका शिविरमा सेवा लिन आएका महिलाहरुमा देखिएको स्वास्थ्य समस्याले पुष्टि गरेको उनको भनाई छ ।
आड्रा नेपाल सहितको सहयोगमा मंसिर २० गतेदेखि २२ गते सम्म सञ्चालन भएको शिविरले दैनिकी चलाउन नसक्ने नागरिकहरुलाई ठुलो राहत भएको नगरपालिकाले जनाएको छ । शिविरमा स्वास्थ्य सेवा लिन आएका महिलाहरुलाई नगर प्रमुख आचार्यले हर्लिक्स निः शुल्क वितरण गरेका थिए ।

सम्बन्धित समाचार