चुनावको मुखमा एमालेलाई ठूलो झड्का,पर्सामा ५ सय ४२ जनाले छाडे एमाले

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-१२ गते   १११७ पटक हेरिएको

पर्सामा ५ सय ४२ जनाले नेकपा(एमाले)परित्याग गरेको घोषणा गरेका छन् । एमालेका केन्द्रीय सल्लाहाकार परिषदका सदस्य कदम रसुल,३ जना मधेस प्रदेश समिति सदस्य, संविधान सभा सदस्य फुलझरी देवी,इस्लाम हवारी लगायतले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
उनीहरुले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेको विभिन्न पद र जिम्मेवारीबाट सामुहिक पार्टी परित्यागको घोषणा गरेका हुन । जनता समाजवादी पार्टी (जसपा)सँग भएको गठबन्धन अपवित्र रहेको भन्दै उनीहरुले पार्टीको निर्णय प्रति असन्तुष्टी जनाउँदै आएका थिए ।
एमाले मधेस प्रदेश कमिटी सदस्य तथा पर्सा क्षेत्र नं १ का इन्चार्ज बाबुराम कौशिकका अनुसार पार्टीको निर्णयप्रति असन्तुष्ट नेता कार्यकर्ताहरुको शनिबार बैठक बसेको थियो । एमाले नेतृत्व जनउत्तरदायी हुनुको साटो जनभावना र पार्टीको मर्म विपरीत गएकोले बाध्य भएर पार्टी परित्याग गरेको कौशिकले बताए ।
“एउटा राष्ट्रियताको नारा लगाउने,अर्को मधेसको मसिहा बन्ने”जसपा र एमालेको गठबन्धन अपवित्र छ । तेल र पानीको समिश्रण जस्तै यो गठबन्धन भएकाले जनता,नेता,कार्यकर्ता मारमा परेका छन् । जन चाहना अनुसार स्वतन्त्र उम्मेदवार जिताउने अभियानमा लागेका छौं ।’ उनले भने  नेता कौशिक प्रभु साहको ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियान’ पर्साका संयोजक छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech