सर्लाहीको लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीका स्वकीय सचिव बर्खास्त भएका छन्।नगरपालिकाका विभिन्न विषयगत शाखाहरुका प्रमुखहरुको बैठकबाट नगर प्रमुख अधिकारीका स्वकीय सचिव भानुभक्त बराललाई बर्खास्त गर्नुपर्ने माग भएपछि बर्खास्त गरिएको नगरपालिका स्रोतको भनाई छ ।
नगरपालिकाका विभिन्न विषयगत शाखाहरुका प्रमुख सहित बसेको बैठकमा शाखा प्रमुखहरुले रिपोर्टिङ् गर्दै नगर प्रमुख अधिकारीका स्वकीय सचिव बराललाई बर्खास्त गर्नुपर्ने माग राखेपछि बर्खास्त गरिएको नगरपालिका स्रोतको भनाई छ ।नगर प्रमुख अधिकारी निर्वाचित भएको केही दिनमै नियुक्त भएका स्वकीय सचिव बरालले नगरपालिकाबाट अधिकृत स्तरको तलबभक्ता खाँदै आएका थिए।त्यतिमात्र नभई स्वकीय सचिव बराल विभिन्न कार्यक्रमहरुमा संघिय सरकारका बहालवाला मन्त्रीका साथै निवर्तमान मन्त्री,प्रदेश सभाका सदस्यहरुका साथै नगर प्रमुख,उप प्रमुख,प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षहरु भन्दा ठूलो मै हुँ झैँ विभिन्न कार्यक्रमहरुमा प्रस्तुत हुने गरेका थिए ।
त्यति मात्र नभई नगर प्रमुख अधिकारीका स्वकीय सचिव बरालले विभिन्न व्यक्तिहरुबाट नगर प्रमुख अधिकारीको नाममा कमिसन समेत असुल्ने गरेका केही गुनासाहरु आएका थिए ।नगर प्रमुख अधिकारीका स्वकीय सचिव बराललको वर्खास्तीपछि उनले हाल सम्म खाई पाई आएको अधिकृत स्तरको लतबभक्ता के हुने भन्ने विषयमा नगरपालिकाको सम्बन्धीत शाखासंग बुझ्ने काम समेत भई रहेको छ ।