Close This

मलंगवा नगरपालिका १ को जनता प्राविका दलित तथा विपन्न बालबालिकालाई शैक्षिक समाग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-१३ गते   २३५८ पटक हेरिएको

सर्लाहीको मलंगवा नगरपालिका १ भेडियाही स्थित जनता प्राथमिक विद्यालयमा अध्यायनरत आर्थिक रुपमा कमजोर  दलित तथा विपन्न समुदायका बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्राप्त भएकोे छ । (आज)बुधबार मलंगवा नगरपालिकाकाका नगर प्रमुख निरसल साहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बाल कल्याण समाज रामनगर गाउँपालिका २ ले शैक्षिक सामाग्री सहयोग गरेको हो ।
संस्थाले विद्यालयमा अध्यायनरत १९ जना आर्थिक रुपमा कमजोर दलित तथा विपन्न समुदायका बालबालिकालाई  कापी ,पेन्सिल,औजार बक्स , कलर,पिक्चर डिक्सनरी किताब लगायतका शैक्षिक सामाग्री वितरण गरेको आयोजक संस्थाका अध्यक्ष सुन्दर श्याम रायले जानकारी दिनु भयो । उहाँका अनुसार आर्थिक अवस्था कमजोर भएका  कारण विद्यालय जानबाट बन्चित हुनुपरेका तथा  शैक्षिक सामाग्री खरिद गर्न सक्ने हैसियत नभएका विपन्न तथा दलित समुदायका बालबालिकाहरुको पहिचान गरि शैक्षिक समाग्री वितरण गरिएको हो ।
शिक्षामा पहुँच तथा विद्यालय टिकाउनको लागि , विद्यालय जानबाट बन्चित हुन नदिनको लागि , बालबालिकालाई प्रोत्साहन स्वरुप  शैक्षिक सामाग्री उपलब्ध गराएर   बाल कल्याण समाज रामनगरले ठुलो सहयोग गरेको कार्यक्रमका प्रमुख अतिथि तथा मलंगवा नगरपालिकाका नगर प्रमुख साहले बताउनु भयो । साथै उहाँले शैक्षिक सामाग्री सहयोग गर्ने संस्थालाई धन्यवाद समेत दिनु भएको छ ।
कार्यक्रममा मलंगवा नगरपालिका १ का वडाध्यक्ष राज किशोर यादव,ओरेक नेपालकी दुर्गा थापा,प्रेरणाका कृष्णकान्त मल्किक,विद्यालयका शिक्षक राम विश्वास यादव लगायत अभिभावक,विद्यार्थीहरुको उपस्थिति रहेको संस्थाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech