विभिन्न पार्टी परित्याग गरि एक सय भन्दा धेरै नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश

3k Shares

नेकपा (माओवादी केन्द्र) लालबन्दी नगर कमिटीको कार्यालय उद्धघाटन कार्यक्रमको अवसरमा  विभिन्न पार्टी परित्याग गरि करिब एक सय जना नेता तथा कार्यकर्ताहरु नेकपा(माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
नागेन्द्र चौधरीको नेतृत्वमा एक सय जना भन्दा बढी नेता तथा कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका नेकपा(माओवादी केन्द्र) सर्लाहीका नेता राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
लालबन्दी नगरपालिका ७ मा नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर कमिटिको कार्यालय उद्ध्घाटन कार्यक्रममा  माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा पुर्व उप प्रधान एवम परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ(प्रकाश)को प्रमुख आतिथ्यतामा रहेको थियो ।
सचिवालय सदस्य तथा पुर्व उप प्रधानमन्त्री एवम पररष्ट्र मन्त्री प्रकाशको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नेकपा (माओवादी केन्द्र) काप्रदेश कमिटि अध्यक्ष प्रह्लाद बुढाथोकी,जिल्ला कमिटि सचिव कमल बुढाथोकी,पार्टीका नेताहरु देवानन्द महतो,भरत कुमार थापा,लिला कुमारी मोक्तान,राजन कुमार श्रेष्ठ लगायत योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसिइल)का नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार