Close This

लालबन्दी १७ रानीगन्जमा हात्ती आतंक, स्थानियका ५ घर भत्कायो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-६ गते   १०८ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानीगञ्जमा जंगली हात्तीले घरमा क्षति पु¥याएको छ । जंगली हात्तीको आक्रमणका कारण केही दिनयता पीडित बनेका सर्लाहीका किसानहरुलाई हात्तीले झनै सताउन थालेको छ । 
जंगली हात्तीले स्थानीय कासिराम पाख्रीन,नयाँ बस्तीका पदमबहादुर लामा,वीर बहादुर लामा ,फुलनदेवी महतोे र सार्की बुढाको घरमा क्षति पु¥याएको लालबन्दी नगरपालिका १७ का वडा अध्यक्ष नवराज अधिकारीले जानकारी दिनुभयो । जंगली हात्तीले एक दिनअघि मनकामना सामुदायिक वन उपभोक्ता समुहको कार्यालयको झ्यालढोका समेत भत्काएको थियो । एक महिनादेखि तीन वटा हात्ती समूह बनाएर रानीगञ्ज, लालबन्दी बागवानी र सागरगरनाथ आसपासको वन क्षेत्रलाई आफ्नो आश्रय स्थल बनाउँदै बसि रहेका स्थानीयले बताएका छन्।
हात्ती दिनभर जंगलमा बस्ने र रातको समयमा बस्तीमा पस्ने गर्दा धेरै स्थानीयको धनसम्पत्तिमा क्षति पु¥याएकोे छ । शुरुको समयमा शान्त स्वभावमा देखिएको हात्ती पछिल्लो समय अलि आक्रमक देखिँदै गएको स्थानीयले बताएका छन् । 
हात्ती आतंकले लालबन्दी नगरपालिका १७ रानीगन्ज अन्तर्गत पूर्वपश्चिम लोकमार्गभन्दा माथिल्लो बस्तीका नागरिकले आफुहरु रातभर निदाउन नसकेको गुनासो गरेका छन् । गाउँ बस्तीमा हात्ती पस्न नदिन रातमा नाङ्लो ठटाउने, पटका पट्काउने थाल ठटाउने जस्ता क्रियाकलाप गर्दै आइरहेका छन्। तरपनि हात्ती सो क्षेत्रबाट बाहिर नगएका स्थानियले बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech