सर्लाहीका दुई स्थानमा भएको सवारी दुर्घटनामा १ जनाको ज्यान गयो,२ जना घाईते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-१५ गते   ५६५ पटक हेरिएको

दुर्गा कुमारी अधिकारी
सर्लाहीको विभिन्न दुई स्थानमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको  छ भने दुइृ जना घाईते भएका छन् । जिल्लाको चन्द्रनगर गाउँपालिका ७ मा रहेको एक इट्टा उद्योगका मजदुरको ज्यान गएको छ ।चन्द्रनगर गाउँपालिका ७ स्थित रहेको शिवशक्ति ईट्टा उद्योगमा केही समय देखी कार्यरत रहेका मजदुरको ट्याक्टरले किचिएर ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चन्द्रनगर गाउँपालिका ७ स्थित रहेको शिवशक्ति ईट्टा उद्योगमा कार्यरत भारतको लखिपुर खिरी जिल्लाको यू.पी. उतर प्रदेशका अन्दाजी वर्ष ३० का श्याम बर्मा घर जना भनी उद्योगबाट बिदा लिएर अत्याधिक मधिरा सेवन गरि को १ त ४७०४ नंम्बरको ट्याक्टर मुनी सुतेका र ट्याक्टरका चालक चन्द्रनगर गाउँपालिका ७ बस्ने अन्दाजी वर्ष २८ को सत्रुधन चौधरीले थाहा नपाई ट्याक्टर अगाडी बढाउने क्रममा इट्टा लोड भएको ट्याक्टरले किचेर ज्यान गएको हो । 
त्यस्तै लालबन्दी नगरपालिका ७ स्थित पुर्व पश्चिम राजमार्गमा  मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । लालबन्दी नगरपालिका ७ स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ज ३ प ९४१४ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलका चालक महोतरीको सम्सीका अन्दाजी वर्ष २५ का विरेन्द्र साह र सोही मोटरसाईकलमा सवार लालबन्दी नगरपालिका ७ की अन्दाजी वर्ष ३० की ललिता साह घाईते भएका प्रहरीले जनाएको छ ।
घाईते दुवैजनाको लालबन्दी मोडेल अस्पतालमा उपचार भई रहेको छ भने दुर्घटनामा संग्लग्न सवारी साधन ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech