Close This

जिल्लामा तिहारको रमझम सुरु,दैउसी भैलो नखेल्न प्रशासनको आग्रह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-७-२८ गते   २९५ पटक हेरिएको

कोरोना कहरकै बिच पनि जिल्लामा तिहारको रमझम बढेको छ । जिल्ला सदरमुकार देखि ग्रामिण क्षेत्रका बजारहरुमा समेत तिहारको रमझम बढेको हो ।  बजार, गाउँघर एवम बस्ती बुहारी सिंगारिए झैँ झकिझकाए सिँगारिएका छन । 
जिल्लाको मुख्य बजार सिन्धुलीमाढी,भिमान,दुधौली,खुर्काेट र चकमके लगाएत जिल्लाभर नै अहिले साँझको समयमा झिलिमिलि बतीहरु देखिन थालेको छ ।  भने पटक लगायतका सामानहरु पडकाउने क्रम पनि तेतिकै देखिएको छ । स्थानिय प्रशासनले कोरोना भाईरस(कोभिड १९) संक्रमणको जोखिम रहेको भन्दै घरमै बसेर चाडपर्व मनाउन, भिडभाड नगर्न आग्रह गरेको भएपनि वर्षमा एक पटक आउने फुलहरु र वत्तिहरुको पर्व तिहार मनाउन तयारी गर्नेहरुको बजारमा भिड देखिएको छ ।
यता स्थानिय प्रहरी प्रशासनले पटका लगायतका विष्फोटक पदार्थको प्रयोगमा प्रतिवन्ध लगाएको भएपनि छिमेकी देश भारतसंग खुल्ला सिमाना रहेका कारण विभिन्न नाकाहरुबाट त्यस्ता पदार्थहरु नेपाली बजारमा भित्रिएका छन । तै पनी आफुहरु त्यसलाई नियन्त्रण गर्ने कार्यमा लागि परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका  प्रहरी प्रमुख प्रहरी उपरिक्षक रन्जु सिग्देलले बताउनु भयो ।
शुक्रबार काग तिहारको दिन देखि नै गाउँ सहरहरु झिलिमिलि देखिएका छन भने स्थानीय स्थानीय विच घर सजाउने प्रतिस्पर्धा पनि देखिएको स्थानिय जानकार प्रह्लाद पोख्रेलले बताउनु भयो । बजारमा तिहारलाई आवश्यक पर्ने सामानको किनमेल गर्नेहरुको चहलपहल बढ्न थालेको छ । हिन्दु धार्मिक विधिले पूजाआजा नगरे पनि सबै जाति, समुदाय र धर्मका नागरीकहरुले घर वरिपरि उज्यालो पारेका दिप प्रज्वलन गर्ने घर वरीपरी विद्युतिय वित्तीहरु बाल्ने गर्दछन् । कोरोना भाइरसको त्रासमा पनि स्थानीयले खुशीका साथ तिहारको स्वागत गरिरहेका अर्का जानकार भुवन कार्कीले बताउनु भयो । 
यता जिल्ला प्रशासन कार्यालय सिन्धुलीले यो वर्ष तिहारमा देउसी भैलो नखेल्न आग्रह गरेको गरेको छ । जिल्लामा कोरोना भाइरस(कोभिड १९) को संक्रमण जारी रहेको भन्दै जिल्ला प्रशासन कार्यालले एक सुचना जारी गरी देउसी भैलो जस्ता कार्यक्रमहरुको आयोजना गर्दा एक अर्काको घरमा गई कोरोना संक्रमणको जोखिम बढ्न जाने हुँदा त्यस्ता कार्यक्रम नगर्न आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बिगतमा खेलिदै आएको देउसी र भैलो पुर्णरुपमा बन्द गरिएको बताउनु भयो ।  यस्तै पवित्र छठ पूजाको लागि व्रतालु घाटमा जाँदा व्रतालुको साथमा परिवारका सदस्य बढीमा दुई जना मात्रै सहयोगीको रुपमा जान पनि कार्यालयले आग्रह गरेको छ । प्रजिअ पाण्डेका अनुसार को कहाँबाट कसरी आएको हुन्छ, देउसी र भैलोको नाममा घर घरमा संक्रमण सर्ने खतरा रहेकाले प्रतिबन्ध लगाइएको हो ।
‘भाईटिका, दिपावली, छँैठ, देउसी भैलो पर्व समूहगतरुपमा मनाउन, जम्मा हुन र भिडभाड गर्न कानुनबमोजिम निषेध गरिएको छ,‘जारी सुचनाको पालना भएको नपाइए कानुनबमोजिम कार्वाही गरिने प्रजिअ  पाण्डेले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको  सूचनामा जिल्लाभित्र अनुमति नलिई कुनै पनि मेला, महोत्सव नगर्न तथा व्यापारिक केन्द्रहरुमा भीडभाड गर्न नपाइने भएको हो । 
चाडपर्व घर परिवार भित्र मात्र मनाउन र मठमन्दिरमा गरिने नित्य पूजा बाहेक मठमन्दिर, सार्वजनिक स्थल, नदी र तालतलैयामा समूहमा भेला नहुन, साँस्कृतिक कार्यक्रम नगर्न, फुटबल भलिबल प्रतियोगिता नगर्न, देउसी भैलो नखेल्न, पटका, भुईचम्पा, आतिसबाजी जस्ता विस्फोटक पदार्थ ओसारपसार नगर्न तथा नपड्काउन र जुवातास लगायत नगद तथा जिन्सी हारजित हुने खालका जुवाजन्य खेल नगराउन सर्वसाधरणलाई सुचना जारी गरेर प्रशासनले आग्रह गरेको हो । 
कोरोना भाईरसको संक्रमण रोक्न स्थानीय प्रशासनले पटक–पटक यस्ता निर्णयहरु गरेपनि कार्यान्वयन भने हुन सकेको छैन । स्थानिय प्रशासनले सुचना जारी गर्ने स्थानियबासीले त्यसको वेवासथ गर्ने क्रम निरन्तर रहेको छ । हाट बजारहरु खुलेआम रुपमा लागि रहेका छन भने मानिसहरुको चहलपहल र हेलचेक्याँई रोकिएको छैन । उर्मिला भट्टराई

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech