सय दिनमा एक लाख कोरोना विरुद्ध खोप लगाउने कार्य मधेश प्रदेशमा सुरु

2.3k Shares

मधेश प्रदेशका एक लाख जेष्ठ नागरिक,अपाङ्ग,गर्भवती र शारिरीक रुपमा अशक्त नागरिहरुलाई घरघरमा पुगेर कोरोना भाईरस विरुद्धको खोप लगाउने कार्य सुरु भएको छ । बागमती सेवा समाज सर्लाहीको सहयोगमा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वयमा मधेश प्रदेशका आठै वटा जिल्लाहरुका एक लाख जेष्ठ नागरिक,अपाङ्ग,गर्भवती र शारिरीक रुपमा अशक्त नागरिहरुलाई घरघरमा पुगेर कोरोना भाईरस विरुद्धको खोप लगाउने पहिलो चरणको कार्य सुरु भएको हो । 
मधेश प्रदेशका आठ वटै जिल्लाका जेष्ठ नागरिक,अपाङ्ग,गर्भवती र शारिरीक रुपमा अशक्त नागरिहरुलाई घरघरमा पुगेर सय दिनमा एक लाख जनालाई कोरोना विरुद्धको खोप लगाउने पहिलो चरणको कार्य सुरु भएको बागमती सेवा समाज सर्लाहीका अध्यक्ष भरत कुमार कार्कीले बताउनु भयो । उहाँका अनुसार अष्ट्रिेलियाली सरकारको आर्थिक सहयोग तथा आड्रा नेपालको प्राविधिक सहयोगमा मधेश प्रदेशका आठै जिल्लाका घरघरमा गएर सय दिनमा एक लाख जेष्ठ नागरिक,अपाङ्ग,गर्भवती र शारिरीक रुपमा अशक्त नागरिहरुलाई कोरोना भाईरस विरुद्धको खोप लगाउने कार्यक्रम सुरु भएको बताउनु भयो ।
मधेश प्रदेशमा पहिलो पटक सुरु भएको खोप अभियानको मधेश प्रदेशका मुख्य मन्त्री लालबाबु राउतले एक अनौपचारीक कार्यक्रमका वीच उद्ध्घाटन गर्नु भएको छ । उहाँले खोप अभियानको उद्धघाटन गर्दै पहुँच नपुगेका कारण कोरोना विरुद्धको खोप लगाउन नपाउनेहरुले मधेश प्रदेशमा सुरु भएको घुम्ती खोप सेवाबाट लाभलिन सक्ने बताउनुभयो ।
कोभिड १९ खोपको पहुँच बढाउने तथा महिला स्वास्थ्य सम्बन्धी सेवाको सुदृढिकरण गर्न महिला स्वास्थ्य र स्वास्थ्यका लागि सहयोगी खोप कार्यक्रम बनाएर मधेश प्रदेश र स्थानिय सरकार संगको समन्वयमा कोभिड १९ खोप सेवा सुरु गरेको बागमती सेवा समाजले विगतका वर्षहरुमा पनि धेरैसामाजिक काम गरेको र  अहिले पनि मधेश प्रदेश सरकारले नगरेको गर्न नसकोकामको थालनी गरेको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.मुक्ती नारायण साहले बताउनु भयो । उहाँका अनुसार कोभिड १९ विरुद्ध मधेश प्रदेश सरकारले मधेश प्रदेशबासीहरुलाई जनचेतना जगाउने काम सुरु गरेको भएपनि खोप कार्यक्रम ल्याउन सकेको थिएन ।
मधेश प्रदेश सरकारले केही जनचेतना जगाउने काम सुरु गरेको र विभिन्न दातृ निकायहरुबाट खोप सेवा सहयोग भएकाले चाँडै नै मधेश प्रदेश कोभिड १९ पुर्ण खोपयुक्त प्रदेश बन्ने सामाजिक विकास मन्त्री नवल किशोर साहले बताउनु भयो । 
मधेश प्रदेशमा अशिक्षाका कारण कोभिड १९ विरुद्धको कुनै पनि खोप नलगाएका,पहिलो मात्रा खोप मात्र लगाए,दोस्रो मात्रा पनि लगाएका र स्वास्थ्य समस्या र सहज सेवा नपाएका कारण कोभिड १९ विरुद्धको खोप लगाउन नपाएका नागरिकहरुलाई लक्षित गरि कोभिड १९ धुम्ती खोप सेवा सुरु गरिएको आड्रा नेपालका स्वास्थ्य शाखाका सह निर्देशक डा.घनश्याम भट्टले बताउनु भयो । सय दिनमा एक लाख भन्दा बढीले कोभिड १९ विरुद्धको खोप सेवा लिने आयोजकले विश्वास लिएको छ । 

सम्बन्धित समाचार