प्रहरीको आँखै अगाडिबाट कार अपहरण,प्रहरीले निवेदन दर्ता गरेन्

1.4k Shares

सर्लाहीको बरहथवाबाट कार अपहरणमा परेको छ । पुस २४ गते आईतबार दिउँसो करिब डेढबजे नेपाली नम्बरको कार अपहरणमा परेको हो ।काठमाण्डौँबाट सर्लाहीको गौडैता नगरपालिका ११ का लागि आएको बागमती प्रदेश ००१ च ०८४९ नम्बरको नेपाली कार अपरिचित युवाहरुको समुहले अपहरण गरेको कारमा सवार बाराको क्षेत्र नम्बर १(क)का स्वतन्त्र तर्फका उम्मेदवार समेत रहेका निजगढ नगरपालिका १२ कोलगाउँका रमण घिमिरेले जानकारी दिए ।
 उनका अनुसार कारमा रामेछापको दोरम्भा गाउँपालिका ६ का सुभाष तिवारी र सर्लाहीको बरहथवा नगरपालिका ११ रामदेव राय कारमा आएका थिए । बरहथवा नगरपालिका ५ स्थित नेपाल बैक अगाडी आफुहर चिया खान ओर्लीएको र कारमा चालक तथा कारधनी कृष्ण कुमार गुरुङ कार मैरहेको समयमा बरहथवा नगरपालिका १२ पुरैनीयाका नाम परिवर्तन(कपिल)ले अरु मानिसहरु पनि लिएर आउँछु भन्दै कार लिएर गएपछि केही समय पछिबाट कारका चालक सम्पर्क बिहीन भएका थिए । 
बरहथवा नगरपालिका ११ का राय र खुसीलाल मुखियाले संयुक्त रुपमा गोडैता नगरपालिका ११ मा इट्टा भट्टा सञ्चालन गरेका र रायले आफ्नो जमिन मेघा बैकमा धितो राखेका थिए । पछि ऋण तिर्न नसकेपछि बैकले जग्गा लिलामीमा निकालेपछि लिलामी सर्काने भन्दै रामेछापको दोरम्भा गाउँपालिका ६ का तिवारी जग्गा हेर्न आउँदै गर्दा कर अपहरणमा परेको हो । तिवारीका अनुसार रायको बैकलाई रु २७ लाख ५० हजार दिनु पर्नेमा जग्गा सकार गर्न जग्गा हेर्न आएको र बैकमा रु १४ लाख २५ हजार भुक्तानी समेत गरि सकेको अवस्थामा बाँकी रकम तिर्न जग्गा हेरी बैकलाई रायले तिर्नु पर्ने सबै रकम तिरेर जग्गा आफ्नो नाममा सकार गर्न आउँदा आफुहरु सवार भाडामा ल्याएको कार अपहरणमा परेको हो ।
अपहरणमा परेको बागमती प्रदेश ००१ च ०८४९ नम्बरको नेपाली कारका धनी तथा चालक गुरुङलाई अपरिचित स्थानमा लगेर लुटपाट गरि कुटपिट गरि गुरुङ भागेपछि कार लिएर फरार भएका नाम परिवर्तन(कपिल)सहितको टोलीले फिरौती रकम समेत माग गरेको बाराको क्षेत्र नम्बर १(क)का स्वतन्त्र तर्फका उम्मेदवार समेत रहेका निजगढ नगरपालिका १२ कोलगाउँका घिमिरेले जानकारी दिए ।“कारका चालक तथा धनी गुरुङको अवस्था अहिले चिन्ताजनक रहेको रअस्पतालमा उपचारत अवस्थामा रहेका छन् ।
यता ईलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिँनजाँदा ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले कारका चालक तथा धनीलाई ल्याए आफुले कार उपलब्ध गराई दिने भन्दै अपहरणकारी कै पक्षबाट आफुहरुको निवेदन दर्ता गर्न मानेनन् ” घिमिरेले बताए । 
अपहरणकारी नाम परिवर्तन(कपिल)ले विभिन्न नम्बरबाट फोन गरि विभिन्न स्थानमा रु ३० लाख लिएर आए कार पाउने नत्र नपाउने बताएपछि आफुहरु त्यहाँ असुरक्षित रहेको महसुस गर्दै त्यहाँबाट सुरक्षित स्थानतर्फ लागेको घिमिरेले बताए । उनका अनुसार अपहरणकारी नामपविर्तन(कपिल) पहिला देखि नै चिनजानको रहेको र काठमाण्डौँमा बसेर व्यापार गरेका कारण चिनजान भएकाले कारमा आफुहरुसंग आएका थिए । 
को हुन बाराका घिमिरे ?
निजगढ नगरपालिका १२ कोलगाउँ निवासी घिमिरे बारा क्षेत्र नम्बर १ प्रदेश सभा (क)बाट स्वतन्त्र उमेदवार समेत रहेका थिए । नेकपा(माओवादी केन्द्र)बाट राजनीतिमा लागेका घिमिरे (माओवादी केन्द्र)मा राजनैनिकमा उतारचढाव आएसँगै बैद्य,विप्लव (माओवादी) हुँदै पछिल्लो समय उनी नेकपा(एमाले)मा सकृय थिए ।
एमालेले तालमेल रहित चुनावमा सहभागि हुने आफ्नै निर्णय विरुद्ध उपेन्द्र यादवको जसपासँग तालमेल गरेपछि चित्त नबुझेर घिमिरेले बारा क्षेत्र नम्बर १ प्रदेश सभा (क)बाट स्वतन्त्रमा उमेदवारी दिएका थिए । 
राजनैतिक जीवनमा निकै संघर्ष गरेका घिमिरेले अव स्वतन्त्र रुपमा जनताको सेवा गर्ने सोच पलाएको भन्दै बारा क्षेत्र नम्बर १ प्रदेश सभा (क)बाट स्वतन्त्र उम्मेदवारी दिएका घिमिरेको जनप्रतिनिधिका रुपमा जनताको सेवागर्ने चाहना थियो ।
बारा क्षेत्र नम्बर १ प्रदेश सभा(क)मा सुविधा सम्पन्न अस्पताल,हुलाकी मार्गको स्तर उन्नती र श्रेत्रमै पछाडी परेको क्षेत्रहरु रतपुरी,सिंगौल,अमाव,प्रसौना लगायतका बासिन्दा पछाडिको समुदायको हितमा काम गर्ने योजना बनाएका भएपनि पराजित हुन पुगे ।
भुमिहिनलाई भुमि, सुकुम्बासीलाई लालपुर्जा सँगै आय आर्जनका लागि पर्यटन क्षेत्रको विकास,नदिकटान नियन्त्रणमा आफुले काम गर्ने योजना बनाएका घिमिरेको सडक,पूर्वाधार ,शिक्षा, स्वास्थ्य र पर्यटन पहिलो प्राथमिकतामा रहेका थिए ।

सम्बन्धित समाचार