Close This

इश्वरपुर घटना प्रति एकिकृत समाजवादीको गंभिर ध्यानाकर्षण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-१४ गते   १८५४ पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिका ७ मा भएको दुःखद  घटना प्रति नेकपा (एकीकृत समाजबादी) सर्लाहीको गंभिर ध्यानाकर्षण भएको छ । इश्वरपुर नगरपालिका ७ मा भएको दुर्घटनामा ईश्वरपुर नगरपालिका ५ का अन्दाजी वर्ष ३२ का  राम कुमार महतोको मृत्यु भएको घटनाप्रति गंभिर ध्यानाकर्षण भएको भन्दै एकिकृत समाजवादी सर्लाहीले एक विज्ञप्ती जारी गरेको छ ।
एकिकृत समाजवादी सर्लाहीले एक विज्ञप्ती मार्फत स्वर्गीय महतोप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनको परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । विज्ञप्तीमा भनिएको पुस  ११ गते राती भएको घटनालाई नेपाल प्रहरीले दुर्घटना भएको दावी गरेको छ भने स्थानीयवासीले विभिन्न तथ्य औल्याएर विवादास्पद घटना भएको भन्दै आन्दोलन गरिरहेका छन् । घटनावारे समयमा नै निकास निकाल्न नसक्दा थप अशान्ति, थप क्षती र पीडा वढ्दै गएको छ । शान्तिसुरक्षाको लागि स्थानीय प्रशासनले वयलवास क्षेत्रमा निषेधाज्ञा जारी गर्नु पर्ने अवस्था आएको छ । सार्वजनिक सम्पतिको क्षती, सर्वसाधारण एवम सुरक्षाकर्मी घाईते तथा जनप्रतिनिधि माथि हातपात हुने सवै घटनाक्रम प्रति यो पार्टी दुखी छ, यस्ता घटनाको विरोध गर्दछ ।
स्थानीयवासीले नेपाल प्रहरी माथि नै शंका व्यक्त गरेकाले यो घटनाको सत्य तथ्य छानविनको लागि नेपाल सरकारले नै उच्च स्तरीय छानविन टोली वनाउनु पर्ने मागमा एकिकृत समाजवादी सहमत छ । छिटोभन्दा छिटो नेपाल सरकारलाई उच्च स्तरीय छानविन आयोग गठन गर्न सवै पक्षले वातावरण वनाउनु आवश्यक रहेको एकिकृत समाजवादी सर्लाहीका अध्यक्ष सुरेन्द्र लामाद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ ।  त्यस वाहेक दोषी जो सुकै भए पनि कानूनी कार्वाही हुने प्रतिवद्धता, मृतकका परिवारलाई उचित क्षतीपुर्ती एवम राहत, सन्ततीको शिक्षा, परिवारमा रोजगारी लगायतका विषयमा स्थानीय प्रशासन एवम इश्वरपुर नगरपालिकालाई पनि चाडो भन्दा चाडो निर्णयमा पुग्न हामी जोडदार माग गर्दछौ । विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै स्थानीय प्रशासन एवम स्थानीयवासीलाई पनि संयमित भई शान्तिपुर्ण छलफलको माध्यमवाट निकास निकाल्न र फेरी पनि यस्ता घटना नदोहोर्याउन  सजग रहन एकिकृत समाजवादी सर्लाहीले आग्रह गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech