१५ महिनादेखि तलब नपाएपछि कविलासीका ३५ जना कर्माचारीहरु आन्दोलीत,व्यापारीहरुले समेत दिए साथ

271 Shares

सर्लाहीको कविलासी नगरपालिकामा कार्यरत ३५ जना कर्माचारीहरु आन्दोलीत भएका छन् ।नगरपालिकाका विभिन्न वडाहरुमा कार्यारत करार सेवाका प्राविधिक कर्मचारी तथा कार्यालय सहयोगीहरु र सवारी चालकहरु गरी ३५ जना आन्दोलीत भएका हुन । नगरपालिकाका १० वटै वडामा कार्यरत करार सेवाका प्राविधिक कर्माचारी तथा कार्यालय सहयोगीहरु र सवारी चालकहरुले १५ महिनादेखि तलब नपाएको भन्दै आन्दोलन सुरु गरेका कविलासी नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत बिष्णु यादवले बताए ।
उनका अनुसार लामो समयदेखि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुनुका साथै नगरपालिकाका सह लेखापाल सुरेन दास कार्यालयमा अनुपस्थित हुँदा करार सेवाका प्राविधिक कर्मचारी तथा कार्यालय सहयोगीहरु र सवारी चालकहरु गरी ३५ जनाले १५ महिनादेखि तलब खान नपाएपछि आन्दोलन सुरु गरेका हुन ।
दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई कविलासी नगरपालिले १५ महिनाको तलब भत्ता स्वरुप रु एक करोड २४ लाख २७ हजार भुक्तानी गर्न बाँकी रहेको कविलासी नगरपालिका ८  का कम्प्युटर अपरेटर सन्तोष कुमार यादवले बताए ।उनले पटक पटक तलब भत्ता भुक्तानी गरिदिन अनुरोध गर्दा पनि नगरपालिकाले कुनै सुनवाइ नगरेपछि बाध्य भएर आफुहरु आन्दोलीत हुनु परेको बताए ।त्यस्तै कविलासी नगरपालिकाको कार्यालय नजिकका आधा दर्जन व्यापारीहरु पनि नगरपालिकाबाट आफुहरुले रु आठ लाख ३७ हजार भुक्तानी लिन बाँकी रहेको भन्दै कर्मचारीहरुसँगै मिलेर आन्दोलनमा उत्रिएका छन् ।
नगरपालिकाले विभिन्न पसलहरुबाट सामानहरु उधारोमा खरिद गर्दै आएको र सो वापत विल लिएर भुक्तानी माग्न जाँदा विभिन्न बहानाहरु बनाएर भुक्तानी दिन आलटाल गर्दै आएकोले आफुहरु पनि कर्माचारीहरुसंगै आन्दोलीत भएको स्थानीय होटल व्यावसायी हरिन्द्र साहले बताए ।उनले रु एक लाख ३४ हजार नगरपालिकाबाट भुक्तानी लिन बाँकी रहेको छ । स्थानीय राजिव किराना पसलले रु ५१ हजार,दिपु होटलले रु ७२ हजार र प्रणव कम्युनिकेशनले रु ५४ हजार सात सय नगरपालिकाबाट भुक्तानी लिन बाँकी रहेको छ ।
त्यस्तै नगरपालिकाका विभिन्न सरकारी सवारी साधनहरुको मर्मत सम्भार गरेको फुयाँल मोटरसाइकल वर्कसप लालबन्दीले पनि नगरपालिकाबाट करिब रु एक लाख ८८ हजार पाँच सय रकम भुक्तानी लिन बाँकी रहेको छ ।यता,कविलासी नगरपालिकामा कार्यरत सह लेखापाल दास कार्यालयमा नआउदा समस्या विकराल बन्दै गएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताए । सह लेखापाल के कति कारणले कार्यालय आउदैन र फोन गर्दा फोन पनि उठाउदै यस्तो गैर जिम्मेवार सह लेखापालका कारण समस्या भएपछि आफुले सह लेखापालसंग लिखित स्पष्टीकरण समेत मागेको प्रमुख प्रशासकीय अधिकृत यादवले बताए । सह लेखापाल दासका कारण समग्र कविलासी नगरपालिकाको बदनामी भईरहेको  र उनकै कारण सेवाग्रहीहरुलाई समस्या भएको नगरपालिकाले जनाएको छ । भने लामो समयपछि कविलासी नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत समेत पाइसकेको छ ।

सम्बन्धित समाचार