लालबन्दी १७ रानीगन्ज स्थित भित्रि सडकमा स्कुटरमा आगलागी

371 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १७,रानिगन्जस्थित परवानिपुरतर्फ जाने जङ्गलमा आईतबार दिउँसो एउटा स्कुटरमा आगलागी भएको छ।लालबन्दी नगरपालिका १७ स्थित रानिगन्जबाट परवानिपुर जाने भित्री सडक खण्ड अन्तर्गत रानिगन्ज नजिकै स्कुटरमा आगलागी भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ 
लालबन्दी नगरपालिका १६ स्थित परवानिपुरबाट लालबन्दीतर्फ चलाइ ल्याएको बागमती प्रदेश ०२ ०२५ प ६७८१ नम्वरको स्कुटर स्र्टाट बन्द भइ पुनःस्टार्ट गरी चलाउन खोज्दा आगलागी भएको स्कुटरका चालक लालबन्दी नगरपालिका १५ का सुमन लामाले बताए ।
स्कुटरमा आगो लागेपछि स्थानीय समेत भएर निभाउने प्रयास गरेपनि स्कुटर पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ।स्कुटरमा भएको आगलागी भएको घटनाको अनुसन्धान सुरु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।पछिल्लो समय विभिन्न प्रविधिहरु  को सुविधा सहित भित्रिएका सवारी साधनहरुमा आगलागी हुने लगायतका समस्याहरु देखिने गरेका पाइएको छ ।
सहजता र सुविधाको नाममा विभिन्न कम्पनीहरुले उत्पादन गरेको इलेक्ट्रीक सवारी साधनहरुमा समय समयमा यस प्रकारका घटनाहरु हुने गरेका साथै कतिपय सवारी साधनहरुका धनीहरुले बीमा  पाउने आशमा पनि यस प्रकारका घटनाहरु आर्फैँ घटनाउने गरेको समेत पाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार