Close This

एमालेको सरकारले गरेको विकास देख्न नसकेर सरकार विघटन गरियो ः महासचिव पोख्रेल

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-११-७ गते   २५०६ पटक हेरिएको

समयमै निर्वाचन गर्न नदिन परमादेशको सरकारले प्रधान न्यायधिशमाथि अविश्वासको प्रस्ताव लगेको नेकपा(एमाले)का महासचिव शंकर पोख्रेलले बताउनु भयो । नेकपा(एमाले) सर्लाहीको आठौँ जिल्ला अधिवेशन उद्धघाटनका लागि सर्लाही आउनु भएका महासचिव पोख्रेलले एमालेको दवावका कारण समयमै हुन लागेको स्थानिय निकायको निर्वाचन नगर्न अहिलेको परमादेशी सरकारले केही स्थानिय निकायका जनप्रतिनिधिहरुलाई उचालेर न्यायलय माथी धावा बोल्दै मुद्धा दर्ता गर्न लगाउने र त्यसो नगरेको आरोपमा प्रधान न्यायधिश चोलेन्द्र शमसेर जवरामाथी अविश्वासको प्रस्ताव लगेको बताउनु भयो ।
नेकपा(एमाले)को सरकारले गरेका विकास निर्माणका गतिविधिहरु देखेर जनता एमाले प्रति आकर्षीत भएको समयमा एमालेको दवावमा बैशाख ३० गते स्थानिय निकायको निर्वाचन भए अहिलेको परमादेशी सरकारलाई ठुलो झड्का लाग्ने देखेपछि निर्वाचन रोक्ने बाहना बाजी शुरु भएको आरोप छ । देशमा भएका विकास निर्माणका हरेक गतिविधिहरुमा एमाले सरकार अगाडि देखेपछि त्यसलाई ढाल्दै कांग्रेस,माओवादी केन्द्र र एकिृकत समाजवादीको परादेशी सरकार गठन भएको र यो सरकारको बैशाख ३० गते निर्वाचन गर्ने मनसाय नरहेको पनि उहाँको आरोप छ ।
न गुट,न फुट नेकपा)एमाले) एक जुट,भन्ने मुलनाराका साथ जिल्ला सदरमुकाम मलंगवामा एमाले सर्लाहीको आठौँ जिल्ला अधिवेशन(आज) शनिबार उद्धघाटन भएको छ ।  सो कार्यक्रमका प्रमुख अतिथि पुर्व प्रदेश प्रमुख समेत रहनु भएका महासचिव पोख्रेलले  मधेशमा  कम्युनिष्ट पार्टी चिनाउने काम नेकपा(एमाले)ले गरेको दाबी गर्नुभयो । उहाँले अघिल्लो निर्वाचनमा तत्कालीन प्रदेश २ अहिलेको मधेश प्रदेशमा निर्वाचनको प्रचार प्रसार गर्न नपाउँदा पनि आफुहरुले ४० प्रतिशत स्थानिय निकायमा जित हाँसिल गरेको भन्दै आगामी निर्वाचनमा मधेश प्रदेशमा एमालेले बहुमत ल्याउने बताउनुभयो । उहाँले मशेध प्रदेशका जिल्लाहरुमा भएका विकास निर्माणका कामहरु हेरेपछि एमालेलाई मधेश प्रदेशका जनताले हेर्ने दृष्टिकोण परिवर्तन भएको पनि बताउनु भयो ।
कार्यक्रममा आउनु भएका एमाले सचिव रघुविर महाशेठले माधव कुमार नेपाल नक्कली कम्युनिष्ट रहेका आरोप लगाउनुभयो । नेपाली कम्युनिष्ट आन्दोलनका मुख्य शत्रु नै माधव नेपाल रहेका उहाँको दाबी छ । उहाँले एमालेको सरकार रहेको समयमा भएको आर्थिक,राजनैतिक तथा विकास निर्माणका काम गरेको प्रगति अहिलेको सरकार र सरकारमा रहेका दलहरुले १० वर्षमा पनि गर्न नसक्ने बताउनु भयो ।
 २०५१ सालमा आएको परिवर्तन जस्तै आमुल परिवर्तन ल्याउन फेरी एमाले एक हुनु आवश्यक रहेको बताउँदै एमाले मधेश प्रदेशका अध्यक्ष राम अवतार यादवले एमालेलाई पार्टीको शिद्धान्त,विधि र प्रक्रिया अनुसार चलाउनु पर्ने बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech