सर्लाही कांग्रेसका १० जना पुराना नेता सम्मानित

380 Shares

नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. २ ले जिल्लाका १० जना पुराना नेतालाई सम्मान गरेको छ । सर्लाही क्षेत्र नम्बर २ क्षेत्रीय कार्य समितिले मलंगवामा छठपर्वको शुभकामना आदान प्रदान  कार्यक्रमको आयोजना गरी सोही कार्यक्रम मार्फत प्रजातन्त्र सेनानीहरु बासुशरण कोइराला, भिखारी मन्सुर,सुशील शर्मा,घनश्याम ढुंगेल,निवर्तमान जिल्ला सभापतिहरु लक्ष्मण राय, सत्यदेव सिंह,महेन्द्र साह,संविधान सभा सदस्य रामचन्द चौधरी,पूर्व सांसद ब्रम्हनारायण चौधरी र विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल यादवलाई सम्मान गरिएको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु)ले जानकारी दिए ।
उनका अनुसार उनीहरुलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिएको हो।देशमा लोकतन्त्र र प्रजातन्त्र ल्याउन उनीहरुले उल्लेखनिय योगदान गरेकाले उनीहरु सबै जनालाई एकैठाउँमा भेला पारेर सम्मान गरिएको सर्लाही क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति एवम मधेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले जानकारी दिए ।रायकै अध्यक्षमा आयोजित कार्यक्रममा क्षेत्र नं. २ का ४९ वटै वडाबाट नेता कार्यर्ता,क्षेत्र नं. १ का क्षेत्रीय सभापति हरिबहादुर लुंगेली,कांग्रेस सर्लाहीका उपसभापति नवीन अधिकारी लगायतको आतिथ्यता रहेको नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. २ क्षेत्रीय समितिले जनाएको छ ।

सम्बन्धित समाचार