Close This

करेन्ट लागेर १ जनाको ज्यान गयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-२९ गते   २८१ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ मा सोमबार बिहान करेन्ट लागेर १ जनाको ज्यान गएको छ । लालबन्दी नगरपालिका १ नवलपुरका वर्ष अन्दाजी ४० का विष्णु बहादुर गोले सोमबार बिहान नजिकैको वागवनी जंगलमा दाउरा लिन गएको समयमा रुखमा चढेर दाउँरा झार्दा करेन्ट लागेर गोलेको ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक राजेन्द्र कुमार उपाध्यायले जानकारी दिनु भयो । 

जंगल गएका गोलेलाई करेन्ट लागेको र घटनास्थलबाट उद्धार गरि उपचारको लागि लैजाने क्रममा गोलेको बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । सवलाई पोष्ट मार्टमको लागि जिल्ला अस्पताल  मलंगवा पठाईएको प्रहरी निरिक्षक उपाध्यायले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech