रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागज सम्बन्धी मुद्दामा संविधान सभा सदस्य एवम नेकपा(एमाले) सर्लाहीका नेता शिवपुजन राय यादव सहित तीन सदस्यलाई जेल सजाय र जरिवाना हुने फैसला भएको छ।असार २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्क बहादुर केसी र गोपालप्रसाद बास्तोलाको संयुक्त इजलासबाट संविधानसभा सदस्य यादव,गायत्री साह र विश्वनाथ प्रसाद यादव विरुद्धको काठमाडौँ जिल्ला अदालतको फैसलालाई उच्च अदालत पाटनले सदर गर्दै राहदानी ऐन विपरीतको कसुरमा दोषी ठहर हुने फैसला सदर भएको हो ।
काठमाडौँ जिल्ला अदालतले २०७१ जेठ २१ गते तत्कालीन संविधानसभा सदस्य यादव सहित साह र विश्वनाथलाई जनही पाँच महिना कैद र पाँच सय जरिवानाको फैसला सुनाएको थियो ।यो मुद्दामा बिचौलियाको अभियोग लगाइएका डिलबहादुर घर्ती,गोपाल बानियाँँ,मनोजकुमार कार्की,देवेन्द्र पौडेल र सन्तोषराज उप्रेतीलाई पनि कीर्ते कागज कसुरमा दोषी ठहर गरिएको छ । उनीहरूलाई जनही एक वर्ष कैद र रु पाँच लाख ५४ हजार जरिवाना तोकिएको हो ।
जिल्ला अदालतले नक्कली राहदानी प्रयोग गरी अस्ट्रेलिया जान खोजेका म्याग्दीका पृथ्वी छन्त्याललाई एक वर्ष कैद र रु पाँच जरिवानाको सजाय सुनाएको थियो।संविधान सभा सदस्य शिव पुजन,,गायत्री र विश्वनाथले संविधानसभा सदस्यको हैसियतमा प्रदान गरिएको विशिष्ट कूटनीतिक राहदानी आर्थिक लाभका निम्ति बिचौलियालाई बिक्री गरेको प्रहरीको आरोप थियो ।उनीहरू २०६४ को संविधानसभा सदस्य हुन्।यधपी फैसलाको पूर्ण पाठ भने आउन बाँकी रहेको छ ।
त्यसैगरी,नेकपा(एमाले)का नेता एवम मधेस प्रदेश सरकारका पूर्व प्रदेश प्रमुख राजेश झा(अहिराज)बलात्कार मुद्दामा दोषी ठहर भएका छन्।काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गरेको हो।यसअघि २०८२ साउनमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको थियो।