सवारी पासको दुरुपयोग

2.9k Shares

एकातिर ‘लकडाउन’ लम्बिँदै गएको छ । अर्कोतर्फ कोरोनाका संक्रमितको संख्या पनि बढिरहेको छ ।कडाउनमा आममानिसहरुमा जुनखालको सचेतना देखिनपर्ने हो, त्यसो हुन भने सकिरहेको छैन । 

काठमाडौं उपत्यकामा प्रशासन कार्यालयले जारी गरेको म्याद सकिएका पास लिएर सवारी चलाउनेको संख्या पनि बढेको छ ।सुरुको केही दिन लकडाउनको राम्रैसँग पालना भएपनि त्यसको केही दिनपश्चात् नै सर्वसाधारणले यसको उल्लंघन गर्नेक्रम बढेको थियो ।

कोरोनाका संक्रमितको संख्या बढेको खबर आएपछि मानिसहरु केही सतर्कजस्तो देखिन्छन् । तर, त्यसको केही दिनपछि अवस्था जस्ताको तस्तै हुने गरेको छ ।प्रहरीले सहरका मुख्य भागमा चेकजाँचमा कडाइ गरेपनि भित्री क्षेत्रमा भने मानिसहरुको चहलपहल बढी नै हुने गरेको छ ।

पसल जाँदा, किनमेल गर्दा अपनाउनुपर्ने सामाजिक दूरीमा मानिसहरुले ध्यान दिइरहेका छैनन् ।यता, पछिल्लो दिन काठमाडौं उपत्यकामा सवारीको चाप केही बढी देखिएको छ ।कतिपय व्यक्तिले जिल्ला प्रशासन कार्यालयले जारी गरेको सवारी पासको पनि दुरुपयोग गरेको पाइएको छ ।

म्याद सकिएको पासमा मिति परिवर्तन गरेर सवारी चलाइरहेका झन्डै २०० व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।अहिलेको संकटको घडीमा लकडाउनको पालना गर्दै सामाजिक दूरी कायम राख्नु उत्तम विकल्प हो ।मानिसहरुले देखाइरहेको असावधानीले कोरोना संक्रमणबाट जोगिने राष्ट्रिय प्रयासमा ठेस लाग्ने देखिन्छ ।इमेजखबर 

सम्बन्धित समाचार