सर्लाहीको लालबन्दी नगरपालिका–१६, परवानिपुर भोर्लेनीबाटआज(सुक्रवार) चिरान गर्दै गर्दाको अवैध काठ बरामद गरिएको छ ।
सव डिभिजन वन कार्यालय घारीबाट अटिएको सहायक वन अधिकृत रामचन्द्र यादव नेतृत्वको टोलीले वन गस्ती गर्ने क्रममा भोर्लेनी कालिन्जोर खोलास्थित बाँस झ्याँङबाट चिरान गरिरहेको अवस्थामा काठ बरामद भएको हो । काठ चिर्दै गरेका मानिसहरु भने वन गस्ती टोलीलाई देख्नासाथ फरार भएका सव डिभिजन वन कार्यालय घारीका कार्यालय प्रमुख तथा सहायक वन अधिकृत यादवले बताउनु भयो ।
सो स्थानबाट सालको ४ थान गोलिया र चिरा पारेर राखेको दुई फक्ल्याटाका अरु ४ थान गरि करिब ८५ क्यूफिट काठ बरामद भएको कार्यालयले जनाएको छ ।