बुहारी संयुक्त आवाज बाराद्वारा निजगढ ३ मा वृक्षारोपण

1.4k Shares

बारमा महिला बालबालिकाहरूको हक तथा अधिकारको सुरक्षा र प्रवर्दनका लागि भन्दै स्थापना भएको मेची महाकाली बुहारी संयुक्त आवाज बाराले वृक्षारोपण गरेको छ । मेचीमाहाकाली बुहारी संयुक्त आवाज बाराले निजगढ नगरपालिका ३ सिङ्गौल स्थित पिपलटार रंगशाला वरिपरी र टाँसी धार्गेलिङ्ग बौद्ध गुम्बा परिषरमा वृक्षारोपण गरेको मेची महाकाली बुहारी संयुक्त आवाज बाराकी अध्यक्ष चन्द्रिका मगरले जानकारी दिईन् ।

उनका अनुसार मेचि देखि महाकालीसम्मका बुहारीहरुलाई एक शुत्रमा बाँध्न भन्दै गठन भएको मेची महाकाली बुहारी संयुक्त आवाज बाराले विभिन्न समयमा जिल्लामा सामाजिक कामहरु गर्दै आएको छ ।मेची महाकाली बुहारी संयुक्त आवाज बाराले निजगढ नगरपालिका ३ सिङ्गौल स्थित पिपलटार रंगशाला वरिपरी र टासि धार्गेलिङ्ग बौद्ध गुम्बा परिषरमा फुलहरु लगायत आँप,लिची र ड्रागन फ्रुट लगायतका विरुवाहरु रोपिएको मेची महाकाली बुहारी संयुक्त आवाज बाराकी सचिव उषा थापा(मोक्तान)ले जानकारी दिईन् । 

कार्यक्रम उद्घाटन सोही गुम्बाका बौद्धगुरु ओमसाङ्ग लामा,निजगढ नगरपालिका नगर कार्यपालिका सदस्य अर्जुन डासेली भुजेल र सर्मिला सुनार,समाजसेवी विष्णु नेपाल र सिता मैनाली लगायतको  सहभागीता रहेको आयोजक मेची महाकाली बुहारी संयुक्त आवाज बाराले जनाएको छ ।

सम्बन्धित समाचार