नेताहरुमा देखिएको खेमाको जुधाईमा प्रेस सेन्टर नेपाल सर्लाही विवादित बन्दै

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-५-२१ गते   ५२९ पटक हेरिएको

नेकपा (माओवादी केन्द्र)मा पार्टीका नेताहरुको जुधाईको सिकार माओवादी केन्द्रको शुभेच्छुक संगठन प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीमा परेको संगठनका अध्यक्ष एस.पी.गौरबले बताए । माओवादी केन्द्रका नेताहरुमा लाईन(खेमा)को विषयमा देखिएको विवादको सिकार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीमा परेका कारण समानान्तर कमिटि बनेको उनको दाबी छ ।
विधि,विधान अनुसार भएको प्रथम अधिवेशन एवम जिल्ला सम्मेलनबाट बनेको आफ्नो नेतृत्वको कमिटिलाई पार्टीका नेताहरुको लाईन(खेमा)को समस्याका कारण विवादमा पारेर समानान्तर कमिटि गठन गरिएको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष गौरबले कमलामाइृ खबरलाई बताए ।
उनले स्थानीय केही नेताहरुमा को कुन लाईन(खेमा)को भन्ने विषयमा केही विवाद रहेको र त्यसको  असर प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीमा परेको उनको भनाई छ । महाधिवेशनबाट आएको कमिटिलाई विभिन्न बाहना बाजी गरेर विघटन गरिएको भन्दै समानान्तर कमिटि बनाउनु नै संगठनलाई मजबुत बनाउनुको सट्टा सकाउने खेल रहेको उनको आरोप छ ।
“प्रेस सेन्टर नेपाल केन्द्र र मधेश प्रदेश कमिटिका केही मानिसहरुका साथै स्थानीय केही नेताहरुले आफ्नो स्वार्थ सिद्ध गर्न आफ्नो लाईनको(खेमा)का मानिसहरुलाई समेटेर प्रेस सेन्टर नेपाल सर्लाहीमा विवाद सृजना गरेका छन् । जो संगठनको हित विपरित छ ।”अध्यक्ष एस.पी.गौरबले बताए ।
उनले आफ्नो राजनितिक धरातल कमजोर रहेका मानिसहरुले बाँदरको जस्तो स्वभाव देखाएका समेत बताए । उनले भने आफ्नो कमिटिको ७ जना पदाधिकारीहरु मध्य एक जना सहसचिव पहिलै देखि निष्क्रिय रहेका र बाँकी रहेका ६ जना पदाधिकारीहरुबाट एक जना उपा अध्यक्ष र एक जना सह सचिवका साथै २१ जना सदस्यबाट आठ जना सदस्य गरी कुन २७ जनाबाट १० जना लिएर केही झुण्डले बनाएको कमिटि आधिकारीक कमिटि हुनै नसक्ने बरु गुटको राजनिति सुरु भएको बताए ।
उनले मेरो नेतृत्वको कमिटिमा अहिले पनि अध्यक्ष,उपाध्यक्ष,सचिव र कोषाध्यक्ष गरी चार जना पदाधिकारी र १३ जना सदस्य गरी १७ जना रहेका छन् भने यो समिति अधिकारीक हुने की २ जना पदाधिकारी लिएर बनेको समिति आधिकारीक हुने  भन्दै कमलामाइृ खबरलाई नै प्रश्न गरे ।
त्यसमा पनि पार्टीको सदस्य समेत नरहेका र अधिवेशन सकिएपछि बैठक पुस्तीकामा आफ्नो नाम केरेर हिडेका मानिसले आफुलाई आधिकारीक भनि विज्ञप्तीहरु जारी गर्नु,लेटर प्याड र छाप किर्ते गर्दा पनि जाल नलाग्नु बरु उल्टै अधिवेशनबाट आएको समितिले लेडरप्याड,छाप र बैठक पुस्तीका किर्ते गरेको भनेर विज्ञप्ती जारी गर्दा पनि प्रेस सेन्टर नेपाल केन्द्रीय समिति समेत मौन बस्नुले सबै मिलेर प्रेस सेन्टर नेपाल सर्लाही सकाउने काम भएको उनको आरोप छ ।
त्यस्तै समानान्तर कमिटिमा राख्ने मानिस नभएर नेकपा (एकिकृत समाजवादी) निकट समाजवादी पत्रकार संगठन सर्लाहीका अध्यक्षलाई आफ्नो कमिटिको उपाध्यक्ष बनाउनु पर्ने अवस्था सृजना हुने संगठन कुनै पनि हालतमा आधिकारी नभएको समेत अध्यक्ष गौरबले बताए ।
यता,पार्टी भित्र देखिएको अन्तर संघर्ष वा खेमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीमा पनि देखिएको र यसले संगठनलाई फाइदा नहुने समितिका उपा अध्यक्ष राजेश थापा मगरले बताए । पुर्व माओवादी केन्द्र र पुर्व जनमोर्चाका नेताहरुको जुधाईमा सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाही पिसिएको उपा अध्यक्ष मगरले बताए ।
त्यस्तै,सर्लाहीमा प्रेस सेन्टर नेपाल बलियो देख्न नचाने मानिसहरुका कारण संगठनमा विवाद सृजना भएको भएपनि आफुहरु आधिकारीक समिति रहेको संगठनका सचिव रमेश अधिकारी(रितिक)ले दाबी गरे ।
काम गर्ने क्रममा केही कमिकमजोरीहरु रहेका भए छलफल तथा आन्तरीक रुपमा बहस गरेर समस्या समाधान गर्न सकिनेमा संगठनको बैठकमा समेत नआउने र पछि अनेकौँ बाहनाबाजी गर्ने मानिसहरु कुनै पनि हालमा राजनितिक कर्मी हुन नसक्ने सचिव अधिकारीले बताए । आफुहरुले सबै कुरा केन्द्रीय कमिटि तथा प्रदेश कमिटिलाई जानकारी गराउँदा समेत त्यहाँबाट पनि कुनै चासो नदेखाउनुले सर्लाहीको प्रेस सेन्टर नेपालमा निकै ठूलो असर परेको सचिव अधिकारीको भनाई छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech