दुई मोटरसाईकल दुर्घटना हुँदा चार जना घाईते

306 Shares

सर्लाहीको हरिवन नगरपालिका ११ स्थित कडरीया चोक स्थित भित्रि सडक खण्डमा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा चार जना घाईते भएका छन् । हरिवन नगरपालिका ११ स्थित कडरिया चोकबाट नारायण चोक तर्फ जाँदै गरेको बा ३९ प ४६२६ र विपरित दिशाबाट आउदै गरेको ना. ८ प. ७६६८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुई वटै मोटरसाईकलका गरी चार जना घाईते भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी  दिए ।
उनका अनुसार ना.८ प ७६६८ नम्बरको मोटरसाईकलका चालक हरिवन नगरपालिका ११ का अन्दाजी वर्ष २१ का राजाराम ठाकुर,सोही मोटरसाईकलमा पछाडि सवार सोही ठाउँका अन्दाजी वर्ष २१ का सुमन अधिकारी,बा ३९ प ४६२६ नम्बरको मोटरसाईकलका चालक हरिवन नगरपालिका ८  का अन्दाजी वर्ष ३० का अर्जुन खत्री र सोही मोटरसाईकलमा पछाडि सवार खत्रीकी छोरी अन्दाजी वर्ष १० की अस्निया खत्री घाईते भएका हुन ।घाईते चारै जनाको नमुना अस्पताल हरिवनमा उपचार  भई रहेको र दुर्घटनामा संग्लग्न दुवै मोटरसाईकल ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार