Close This

 ३ सय ५० जनालाई लक्ता कपडा र भोजन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१०-१ गते   ४५९ पटक हेरिएको

आमर्ट नेपाल राहत उद्धार टोलीले सर्लाहीको हरिवन नगरपालिका ११ का  बृद्धबृद्धाहरुलाई लक्ता कपडाका साथै मिष्ठान्न भोजन गराएको छ । 
पछिल्लो समय निरन्तर बढेको जाडोलाई लक्षित गर्दै मानवको सेवा नै इश्वरको सेवा हो भन्नेउद्धेश्यका साथ मानव सेवामा लागेको आमर्ट नेपाल राहत उद्धार टोलीले हरिवन नगरपालिका वडा नम्बर ११ का ३ सय ५० जना बृद्धबृद्धाहरुलाई लक्ता कपडाका साथै मिष्ठान्न भोजन गराएको हो ।  माघे सक्रान्तीको अवसर पारेर हरेक वर्ष अपाङ्ग, बृद्धबृद्धाहरु,टुहुराहरु,अशक्त तथा दीनदुखीहरुलाई निःशुल्क लक्ता कपडा वितरण गर्नुको साथै मिष्ठान्न भोजन गराउने गरेको आनन्द मार्ग राहत उद्धार टोलीका जिल्ला सचिव रामपेत साहले बताउनु भयो ।
अपाङ्ग, बृद्धबृद्धाहरु,टुहुराहरु,अशक्त तथा दीनदुखीहरु गरि ३ सय ५० जनालाई भोजन गराई कम्बल,सल,साडी,जुक्ता,चप्पल तथा लक्ता कपडाहरु वितरण गरिएको साहले बताउनु भयो । संस्थाका जिल्ला अध्यक्ष बैजु साहको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय व्यापारी व्यावसायीहरुको सहयोग रहेकोथियो ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech