मिटर ब्याज पीडित किसान मजदुर र नेपाल सरकार विच नौ बुँदे सहमती

310 Shares

मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल र नेपाल सरकारवीच नौ बुँदे सहमति भएको छ।असार २५ गतेबाट जनकपुरदेखि काठमाडौं सम्मको पैदल न्याय मार्च निजगढ पुग्दा नेपाल सरकारका गृह मन्त्री सुदन गुरुङ र मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल  बीच लामो समय छलफल भएको थियो त्यसपछि मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल र नेपाल सरकारवीच ९ बुँदे सहमति भएको आन्दोलनका संयोजक अवदेश कुशवाहाले जानकारी दिए ।

WhatsApp Image 2026-07-16 at 11.21.03 PM.jpeg
उनका अनुसार फर्जि लिखतहरु खारेज गर्दै मिटरब्याज उन्मुलनको घोषणा गर्ने,मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी ऐन लागु गर्ने,उच्चस्तरिय समन्वय समिति गठन गर्ने,मिटर ब्याज पीडितहरुका विरुद्ध नेपाल सरकार वादी भई चलेका फौजदारी कसुरका मुद्धा कानून बमोजिम फिर्ता लिने तथा मुद्धा अन्तिम फैसला भएकोमा सजाय माफी मिनाहा दिने सम्बन्धमा कानून बमोजिमको प्रक्रिया अगाडि बढाउने,आर्थिक समस्याका कारण मिटरब्याजबाट शोषित उत्पीडित वर्गलाई आर्थिक सहायता राहत तथा क्षतिपूर्ति सहित त्यस्तो मिटर ब्याजको चक्रमा पर्न नदिने आर्थिक कार्यक्रमलाई वार्षिक बजेटमा समावेश गर्न अर्थ मन्त्रालयमा सिफासिर गर्ने र मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालले घोषणा गरेका मिटर ब्याज विरुद्धको पैदल न्याय मार्च स्थगित गर्ने लगायतका नौ बुँदे सहमती भएको हो ।

WhatsApp Image 2026-07-17 at 12.07.30 AM (1).jpeg
नेपाल सरकारका तर्फबाट सचिव पुष्कर सापकोटाको संयोजकत्वमा रहेको चार सदस्यीय वार्ता टोली र मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालका संयोजक कुशवाहाको नेतृत्वमा रहेको पाँच सदस्यीय वार्ता टोलीले लामो छलफल पछि जिल्लास्तरिय सहजीकरण समिति गठन गर्ने साथै अनुगमन तथा समिक्षा समिति गठन गर्ने लगायतका विषयमा सहमती भएको नेपाल सरकारका तर्फबाट वार्ता समितिको सदस्यमा रहेका सह सचिव काली प्रसाद पराजुलीले जानकारी दिए ।

WhatsApp Image 2026-07-17 at 12.07.30 AM.jpeg
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारबाट सचिव सापकोटाको संयोजकत्वमा सह सचिव पराजुली,महानिर्देशकद्धय योगेन्द्र प्रसाद दुलाल र डा.भीष्मकुमार भूसाल तथा मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालको तर्फबाट संयोजक कुशवाहाको नेतृत्वमा सदस्यहरु मनोज कुमार पासवान,किरण दमाई,लक्ष्मी घिमिरे र रिजन राना मगरले नौ बुँदे सहमतीमा हस्ताक्षर गरेको छन् ।

WhatsApp Image 2026-07-17 at 12.07.30 AM (3).jpeg
२०७४÷०७५ सालदेखि सर्लाहीबाट सुरु भएको शुद्धखोर विरुद्धको अभियान अहिले राष्ट्रिय बहसको मुद्धा बनेको छ।तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सर्लाहीका संयोजक डाचाराज वाग्लेको नेतृत्वमा सुरु भएको अभियानले स्वरुप लिने क्रममा २०७७ माघ २१ मा वाग्लेको शंकास्पद मृत्यु भएपनि अभियानले लय लिन नछाडेको स्वर्गिय वाग्लेकी धर्मपत्नी सरस्वती मिश्र(वाग्ले)ले बताईन् ।उनका अनुसार सर्लाहीबाट सुरु भएको वाग्लेको नेतृत्वको अभियान देशभरका मिटरव्याज पीडितलाई न्याय दिलाउने महान उद्देश्यले अघि बढेको र उनको सपना र संघर्षलाई सार्थकता प्रदान गर्नेतर्फ केन्द्रीत भएको छ ।

WhatsApp Image 2026-07-17 at 12.07.30 AM (2).jpeg
वर्तमान सरकारसंग भएको सहमति विगत जस्तै कागजमै सीमित हुनु नहुने र सरकारसंग धेरै अपेक्षा गरिएको मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल प्रवक्ता रिजन राना मगरले बताए।उनका अनुसार यसअघि पनि धेरै सम्झौता भएका भएपनि ती सम्झौताहरु केवल आश्वासनको रुपमा कागज मै सीमित भएका थिए ।

WhatsApp Image 2026-07-16 at 11.54.00 PM.jpeg
मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालसंग गरिएको नौ बुँदे सम्झौता वर्तमान सरकारले पूर्ण जवाफदेही र इमानदार भएर कार्यान्वयन गर्न आन्दोलनरत पक्षले माग गरेको छ।सरकारसंग पटक पटक वार्ता र सहमती भएका भएपनि कार्यन्वयन नहुँदा यस पटक पनि मिटर ब्याज पीडित किसान मजदुरहरुले पुर्ण विश्वस्त हुने अवस्था भने देखेका छैनन् ।

सम्बन्धित समाचार