लालबन्दी र हरिपुर्वामा प्रमुख प्रशासकीय अधिकृत हाजिर

135 Shares

सर्लाहीको लालबन्दी र हरिपुर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् ।दुवै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रित्त रहेकामा बुधबार दुवै नगरपालिकामा एकै पटक प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका हुन् ।
जस अनुसार लालबन्दी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव पितानाथ लुइँटेल र हरिपुर्वा नगरपालिकामा उपसचिव सन्जिव साह हाजिर भएका हुन ।उनीहरुलाई नगर प्रमुख,उप प्रमुख सहित जनप्रतिनिधिहरु र कर्मचारीहरुले स्वागत गरेका छन् ।
लालबन्दी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने अनिवार्य अवकाश र हरिपुर्वा प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साह सरुवा भएर गएदेखि दुवै नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन भएका थिए ।

सम्बन्धित समाचार