Close This

हरिवन नगरको कार्य प्रति माओवादी केन्द्र हरिवनको आपति

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२१ गते   १९७७ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र) हरिवन गर कमिटिले हरिवन नगरपालिकाको गतिविधिमाथी आपती जनाएको छ । आज(मंगलबार) एक विज्ञाप्ती जारी गर्दै हरिवन नगर कमिटिले आपती जनाएको हो ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानमा हरिवन नगरपालिकाले एउटा पार्टीको कायृक्रम गरे झैँ गरेको र नगरपालिकाबाट रकम विनियोजन गरेको भन्दै नेकपा(माओवादी केन्द्र)हरिवन नगर कमिटिले आपती जनाएको हो । नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटिका नगर अध्यक्ष अर्जुन पन्तद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।“ महिला हंसा विरुद्धको १६ दिने अभियानका कार्यक्रमहरु आमुक कुनै एउटा पार्टीको झैँ गरि नगरपालिकाले बजेट व्यावस्था गरेर गर्ने गरेको छ ।  महिला हिंसा विरुद्धको यति महत्वपुर्ण अभियानलाई फगत झारा टार्नको लागि बनाइएको प्रति आफ्नो गंभिरध्यानाकर्षण भएको” विज्ञप्तीमा उल्लेख गरिएको छ ।
“सम्बन्धीत सरोकारवालाहरुलाई समेत निषेध गरि उस प्रकारको कार्य गर्नु गैर जिम्मेवार र  निन्दनिय छ  ।हाम्रो पार्टी एकांकी र गलत कार्यको विरोध गर्दछ ।”नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटिको अध्यक्ष अर्जून पन्तद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech