घर बहाल सम्झौता बनाई गाउँपालिका अध्यक्ष वाईवा अर्काको घर विगार्न लागे

1.1k Shares

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवा अर्काको घर विगार्न लागि परेका पाइएको छ।सर्लाहीको बागमती नगरपालिका ४ का भिम बहादुर मोक्तान वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका समयमा वाईवाले उनकी श्रीमतीसंग सम्बन्ध बनाएपछि उनी बस्दै आएको घर बहाल सम्झौता पत्र बनाई अर्काको हुँदा खाँदाको घर विगार्न वाईवा लागेका केही प्रमाणहरु कमलामाई मिडिया प्रा.लिलाई प्राप्त भएको छ ।
घर बहाल सम्झौता गरेर सो घर खाली गराई भिम बहादुरकी श्रीमतीलाई काठमाण्डौँमा कोठा खोजेर राखि दिएका वाईवाले विस्तारै भिम बहादुरकी श्रीमतीलाई आफ्ना श्रीमानसंग सम्बन्ध विच्छेद गर्न दवाव दिन्छ्न र पछि भिम बहादुर विदेशबाट आएपछि नेकपा(माओवादी केन्द्र( बागमती प्रदेश कमिटिमा निवेदन दर्ता गरेपछि वाईवाको खोक्रो आर्दशवाद उदाङ्गो हुन्छ ।
के छ घर बहाल सम्झौता पत्रमा ?

gb2.jpg“लखितम् सर्लाही जिल्ला बाग्मती न.पा. वडा न ४ वस्ने श्री संगिता कुमारी बला यसपछि प्रथम पक्ष भनि सम्बोधन गरीएको छ) आगे सर्लाही जिल्ला बाग्मती न.पा. वडा न ४ स्थित रहेको क्यानेश्वर एग्रीकल्चर प्रा.लि. र ऐ. ऐ. स्थित कौवा एग्रिकल्चर प्रा.लि. (यसपछि द्वितिय पक्ष भनि सम्बोधन गरीएको छ का बीच प्रथम पक्षले दोश्रो पक्षलाई निम्न शर्त तथा बन्देजमा रही घर बहालमा लगाउन मजुरी भई दुवै पक्षका विच दुवै पक्षको आपसी सहमतिमा मुलुकी देवानी संहिता २०७४ का परिच्छेद ५ भाग २ को दफा ५०४ बमोजिम सम्झौता पत्र लेखी लेखाई प्रथम पक्षको वागमती,सर्लाही स्थित बसी तपसिलमा उल्लेखित साक्षीको रोहबरमा प्रथम पक्ष स्वमंले र दोस्रो पक्षको तर्फबाट क्रमश उक्त कम्पनीको प्रबन्ध संचालक बोध प्रसाद घिमिरे(हरिकृष्ण)तथा अर्थमान सिङतानले सहिछाप गरी एक एक प्रति लियौ दियौ ।
शर्त तथा बन्देजहरु
१) प्रथम पक्षको नाममा सर्लाही बाग्मती न. पा. वडा नं ४ जिरात स्थित करिब एक कट्ठा जग्गा र सो जग्गामा बनेको तिन कोठा सहितको एक तल्ले घर को मासिक भाडा रु १०,०००/ दश हजार रुपैयाँ का दरले हुनेछ । हाल मलाई रकम आवश्यक परेकोले रु ६,००,०००/ (छ लाख रुपैयाँ) रकम अग्रिम दिने जो कोहीलाई मैले उक्त घर र र सो घरले चर्चेको सम्पुर्ण करिव एक कठ्ठा जग्गा भाडामा उपलब्ध गराउने छु ।बरु मैले हरेक वर्ष १०% का दरले भाडा बढाउने छैन भन्ने प्रस्ताव प्रथम पक्षले दोस्रो पक्ष समक्ष राख्दा दोस्रो पक्षले उक्त स्थानमा मैले कम्पनीको अफिस एवं उत्पादन हुने वस्तु भण्डारण गर्ने लगायत सम्पर्क कार्यालय स्थापना गर्दछु। तपाईंको माग बमोजिम रु ६,००,०००/ (छ लाख रुपैया) रकम भुक्तानी दिन्छु तर तपाईंले ५ वर्ष सम्म भाडा बढाउन पाउनु हुने छैन भनि भन्दा प्रथम पक्षले सो कुरामा सहमति जनाएको छ र आजको दिनमा रकम लेनादेना भई शर्त बमोजिम घर भाडा लिनेदिने कार्य भएको छ । 
२) आज बुझिलिएको रकम प्रति महिना रु १०,०००/ (दश हजार रुपैयाँको दरले आगामी ५ वर्ष सम्ममा कट्टी हुँदै जानेछ र तत पश्चात १०% भाडा बढाई उक्त भाडा प्रत्येक महिनाको पहिलो हप्ता भित्र बुझाउने भन्ने कुरामा दुवै पक्ष सहमत भएको छ ।
३) दोश्रो पक्षले घर भाडामा लिई संचालन गरेको घरमा दोश्रो पक्षले व्यावसायीक प्रयोजनका लागी उपयुक्त सजावट गर्न सक्नेछ ।
४)यो करारनामा मिति २०७८ साल श्रावण महिना १ गते देखि लागू भई २०८३ साल असार मसान्त सम्म कायम रहने छ साथै दुवै पक्षको आपसी सहमतिमा भाडा एवं समय अवधि बढाउन सकिनेछ ।
५) दोस्रो पक्षले भाडामा लिएको स्थानमा कानुनले प्रतिबन्ध लगाएका कुनै पनि सामानहरु बेचविखन गर्नुका साथै तत् सम्बन्धी कुनै पनि कारोबार गर्न पाईने छैन ।
६) दोश्रो पक्षले भाडामा प्रयोग गरेको स्थानमा विजुली पानीको महसुल एवं नेपाल सरकारलाई तिर्न बुझाउनुपर्ने सबै दस्तुर दोस्रो पक्षले नै तिर्न बुझाउनु पर्ने छ ।
(७) दुवै पक्षको आपसी सहमतिमा भाडा अवधि थपघट एवं नविकरण गर्न सक्नेछ ।”भनी बोध प्रसाद घिमिरे(हरिकृष्ण) दोस्रो पक्षभई बज्रध्वज वाईवा,पदम प्रसाद घिमिरे र पिताम्बर घिमिरे साक्षी भई हस्ताक्षर गरेर घर बहाल सम्झौता गरेका छन् ।तर सो घरमा कुनै पनि फर्म तथा कारोबार नभएको पाइएको छ ।
गाउँपालिका अध्यक्ष वाईवाका कल रेकर्ड सहित अन्य धेरै कागजात कमलामाई मिडिया प्रा.लिलाई प्राप्त भएको छ । हामी चरवद्ध रुपमा निरन्तर समाचार सम्प्रेषण गरि रहने छौँ । उनीहरुले यो सम्झौता २०७८ साउन ३ गते आईतबार गरेका छन् ।

सम्बन्धित समाचार