नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया,बारा,मधेश प्रदेशले आर्थिक वर्ष २०८०/०८१ मा रु २३ करोड भन्दा बढी राजश्व संकलन गरेको छ।आर्थिक वर्ष २०८०/०८१ को साउन देखि असार मसान्त सम्मको अवधिमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया,बारा,मधेश प्रदेशले रु २३ कराेड ३० लाख ८४ हजार तीन सय ५३ राजश्व संकलन गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया,बारा,मधेश प्रदेशका प्रमुख एवम प्रहरी उपरिक्षक भिम किरण बोगटीले जानकारी दिए ।
उनका अनुसार मधेश प्रदेशका आठ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुका साथै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया,बारा,मधेश प्रदेशबाट खटिएको ट्राफिक प्रहरी टोलीले ट्राफिक नियम विपरित सञ्चालित दुई लाख ५९ हजार दुई सय तीन वटा सवारी साधनहरुलाई कार्बाही गर्दा सो राजश्व संकलन भएको हो ।
आर्थिक वर्ष २०८०/०८१ मा मधेश प्रदेशको सप्तरीमा २३ हजार तीन सय ४६ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु एक करोड ७७ लाख ९२ हजार छ सय,सिरहामा ३९ हजार दुई सय ९८ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु तीन करोड २२ लाख ४९ हजार तीन सय ५०,धनुषामा २९ हजार ६५ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु दुई करोड ३४ लाख ५१ हजार पाँच सय एक,महोत्तरीमा ४० हजार ५५ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु तीन करोड ४६ लाख २८ हजार तीन सय ५०,सर्लाहीमा २६ हजार सात सय ९३ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु दुई करोड ५५ लाख ११ हजार पाँच सय,रौतहटमा २१ हजार दुई सय ९४ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु दुई करोड २८ लाख एक हजार पाँच सय र पर्सामा २७ हजार तीन सय ७६ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु दुई करोड ७६ लाख ६५ हजार पाँच सय ५२ र प्रादेशिक कार्यालय समेत रहेको बारामा ५१ हजार नौ सय ७६ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु पाँच करोड १५ लाख चार हजार राजश्व संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा मधेश प्रदेशका आठ जिल्लाहरुमा छ हजार ५८ वटा सवारी दुर्घटना हुँदा पाँच सय ३१ जनाको मृत्यु भएको छ भने नौ हजार सात सय ४५ जना घाईते भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया,बारा,मधेश प्रदेशका प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।उनका अनुसार सप्तरीमा छ सय ३८ वटा दुर्घटनामा ५६ जनाको मृत्यु भएको छ भने एक हजार ५१ जना घाईते भएका छन्।सिरहामा नौ सय ७५ वटा दुर्घटना हुँदा ६८ जनाको मृत्यु र एक हजार पाँच सय ७९ जना घाईते,धनुषामा एक हजार ९१ वटा दुर्घटना हुँदा ७४ जनाको मृत्यु र एक हजार सात सय ३० जना घाईते,महोत्तरीमा पाँच सय चार दुर्घटना हुँदा ६८ जनाको मृत्यु र सात सय ७२ जना घाईते,सर्लाहीमा छ सय ८७ वटा दुर्घटनामा ७३ जनाको मृत्यु र एक हजार एक सय १८ जना घाईते,रौतहटमा छ सय ७३ वटा सवारी दुर्घटना हुँदा ६६ जनाको मृत्यु र एक हजार ७४ जना घाईते भएका छन् ।
त्यस्तै,पर्सामा पाँच सय ४४ वटा दुर्घटना हुँदा ५१ जनाको मृत्यु र आठ सय चार जना घाईते भएका छन् भने प्रादेशिय कार्यालय रहेको बारामा नौ सय ४६ वटा दुर्घटना हुँदा ७५ जनाको मृत्यु र एक हजार छ सय १७ जना घाईते भएका प्रहरी उपरिक्षक बोगटीले बताए ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया,बारा,मधेश प्रदेशले आर्थिक वर्ष २०८०/०८१ मा १२ हजार चार सय २२ पटक जनचेतनामुलक कार्यक्रमहरु गरेको समेत कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।गएको आर्थिक वर्ष २०७९/०८० मा मधेश प्रदेश ट्राफिक प्रहरीले रु २६ करोड ८६ लाख ८६ हजार पाँच सय राजश्व संकलन गरेको थियो भने पाँच हजार नौ सय ८८ वटा सवारी दुर्घटना हुँदा पाँच सय ४६ जनाको मृत्यु र नौ हजार छ सय ७० जना घाईते भएका कार्यालयको तथ्यांकले देखाएको छ ।कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ मा भन्दा आर्थिक वर्ष २०७९/०८० मा मधेश प्रदेशमा दुर्घटना बढी भएका भएपनि मृतकको संख्या केही घटेको छ भने राजश्वमा पनि कमि आएको छ ।