महासंघ सिन्धुलीको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी,युनियन र चौतारीबाट बाघी उम्मेदवार

471 Shares

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धसलीमा अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ।यही मंसिर २८ गते हुने निर्वाचनमा महासंघ जिल्ला शाखा सिन्धुलीको कार्य समितिको अध्यक्ष पदका लागि नविन श्रेष्ठ,बाबुराम देवकोटा,टिकाजंग थापा,पुस्कर थापा र राधिका बुढाथोकी गरी पाँच जनाको उम्मेदवारी परेको हो ।
यता,उपाध्यक्ष पदका लागि उर्मिला भट्टराई,विनय दाहाल र ध्रुव चन्द्र खड्का,महिला उपा अध्यक्ष पदका लागि गीता घिमिरे र गुना मगरको उम्मेदवारी परेको छ।त्यस्तै सचिव पदका लागि नविन बाबु अधिकारी,बुद्ध कुमार आछामी र बुद्ध नेपाली,कोषाध्यक्ष पदका लागि मेनुका आरण,अनिल भण्डारी र विवश थापाको उम्मेदवारी दिएका छन् ।त्यस्तै,सह सचिवको खुल्लामा मनोज दाहाल र प्रेम नाथ मैनाली र सामावेशिसह सचिव तर्फ  प्रतिक्षा वि.सी र बलविर भुजेल,महिला तर्फ रमादेवी फुयाँल र दलित सदस्य गंगा विशंखे निविर्ररोध निर्वाचित भएका छन् ।
सिन्धुलीमा प्रेस युनियन नेपालको तर्फबाट एउटै पदमा पनि चार जनाले सम्म बाघी उम्मेदवारी दिएका छन्,भने प्रेस चौतारी र प्रेस सेन्टर  नेपालले बाघी उम्मेदवार नदिएको जनाएको छ ।हाल सत्तामा रहेका नेपाली कांग्रेस र नेकपा(एमाले) निकटका प्रेस युनियन नेपाल र प्रेस चौतारी नेपालले केन्द्र,प्रदेश र जिल्लामा गठबन्धन गरी प्यानल बनाएका छन् । तर सिन्धुलीमा भने त्यो प्यानलका विरुद्ध पनि अन्य सोही संगठनबाट बाघी उम्मेदवारी परेको हो ।
सिन्धुलीको अहिलेको अवस्थामा नेकपा(माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालले उम्मेदवारी मिलाएर  दिएको र कुनैपनि पदका लागि दोहोरो उम्मेदवारी नपरेको पाइएको छ ।गैर पत्रकारहरुको सदस्यता शुद्धिकरण गर्ने वाहनामा पटक पटक अन्यौलमा परेको महासंघको निर्वाचन शुक्रबार देशै भरी एकैसाथ हुँदैछ ।

सम्बन्धित समाचार