Close This

तराईमा सर्पदंशको समस्या र झलनाथ खनाल'

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-१९ गते   ५२२ पटक हेरिएको

लेखक पुर्षाेतम पौडेल ः नेकपा नेता तथा पुर्व खेलकुद मन्त्री

नेपालको तराईमा मात्र वर्सेनी २५०० भन्दा वढि मानिसहरू सर्पले टोकेर मर्छन । हजारौ हजार मानिसहरू सर्पले टोकेर जीवन मरणको दोसाँधमा लडिरहेका हुन्छन । उनीहरूको उपचार गर्नको निम्ति एण्टी स्नेक भेनम नभै हुँदैन । हाम्रो तराईमा मानीस र सर्पको जीवन संग सगै चली रहेको हुन्छ ।

मानिसले निरन्तर प्रकृति संग लडि रहनु पर्छ । प्रकृति संगको मानिसको लडाई चलुञ्जेल सर्पले टोक्ने र मानीसको जीवन जोखिममा पर्ने कुरा पनि आफै वन्द हुने होईन । मानीसले आफ्नो जीवन लाई जोखिमवाट वचाऊन आफैले औषधि र उपयुक्त उपचार विधी खोज्नु पर्दछ । यसका निम्ति एण्टी स्नेक भेनम नै उपयुक्त विकल्प हो ।

अहिले सम्म नेपालको लागी आवस्यक भेनम भारतबाट ल्याऊने गरिएको छ । भारतबाट ल्याऊने गरिएको भेनम पनि त्यती प्रभावकारी छैन । संसारका अरू कुनै पनि देशले उत्पादन गर्ने भेनम नेपाल भारतलाई कामै लाग्दैन । हाम्रो एउटै काम चलाउ श्रोत भारत हो ।

कथं भारतले भेनम दिन वन्द गरिदियो भने आजको युगमा पनि हामी उसै मर्नु पर्ने हुन्छ । नेपालको तराईमा वस्ने जनताले भोगी रहेको पीडा लाई महसुस गरेर नेकपाका नेता कमरेड झलनाथ खनालले एण्टी भेनम उत्पादनमा चासो लिनु भयो । यो सकारात्मक चासो लाई पनि अहिले धेरैले डाह गरेको देखिदैछ ।

नेकपा नेता कमरेड झलनाथ खनालले चासो लिएर झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गराऊनु भएछ । नेकपा सर्लाही जील्ला अध्यक्ष कमरेड रेवती पन्तको अध्यक्षतामा प्रतिष्ठान गठन गरेर कार्यक्रम अघि वढि सकेको देखीन्छ । उक्त प्रतिष्ठानको एउटा कार्यक्रमको रूपमा सर्प पालन र नेपालमै एण्टी स्नेक भेनम उत्पादन गर्नको लागी सम्भाव्यता अध्ययन सम्पन्न गरिकन डिपीआर समेत तयार भैसकेको अवस्था रहेछ ।

यसलाई स्थानीय तह ( लालबन्दी नगर पालिका ), २ नम्बर प्रदेश सरकार र सङ्घीय सरकारले समेत उचित र आवस्यक महसुस गरेर साझेदारी गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिसकेको अवस्था छ । यहा उल्लेखनीय कुरा के छ भने सर्पको टोकाइको मर्म वुझेको प्रदेश सरकारले यसलाई " प्रदेशको गौरवको आयोजना " कै रूपमा स्वीकार गरि प्राथमिकताका साथ अघि वढाऊने अठोट गरि सकेको अवस्था देखीन्छ । संघिय सरकार पनि त्यस आयोजनामा सहमत भएर काम समेत सुरू भेसकेको अवस्था छ । यो अत्यन्त आवस्यक र सकारात्मक काम हो ।

यो देशको प्राथमिकताको क्षेत्रमा पर्ने मानव जीवन र स्वास्थ्य संग जोडिएको ज्यादै महत्वपूर्ण आयोजना हो । यस्तो खालको देशको कानुनी र प्रकृया अनुसार व्यवस्थीत ढंगले सुरू गरिएको विकाश आयोजनालाई झलनाथ खनालको निजी काम जस्तो वनाउदै उनले निजी आम्दानी गरे जस्तो गरी प्रचार गरिनु सुहाऊने कुरा होइन ।

अझ सरकारवाट वहा ले यती धेरै अनुदान प्राप्त गरेको भनेर प्रचार गरिनु झन कति उचित होला ? जवकी कमरेड झलनाथ खनालले आफु निर्वाचन क्षेत्रका जनताको विचमा जादा जनताले उठाइएका पिडालाई सम्वोधन गर्न खोजेको देखीन्छ । प्राय नेताहरू जनताको आवाज सुन्दैनन भनिन्छ ।

अथवा एक कानले सुनेर अर्को कानले उडाई दिन्छन भनिन्छ । जनताका खास समस्या छोडेर दलाल र विचौलीयाहरूको निम्ती काम गर्न थालेको आरोप लगाइन्छ । शिक्षा र स्वास्थ्यका समस्यालाई वेख्याल गरियो भनेर विरोध गरिन्छ । आज कमरेड झलनाथ खनालको नाममा स्थापीत एउटा प्रतिष्ठानले जनताको चाहना र माग वमोजीमको काम गर्न लागेको देखिन्छ । मान्छेहरू किन यति धेरै हतास हुन्छन र गलत प्रचार गर्नतिर लागी हाल्छन । यस्ता खालका दुराग्रह पूर्ण प्रचारको कुनै अर्थ हुदैन ।

यहा सर्लाही डायरीमा प्रकाशित मधेशी धर्तिपुत्रको ध्यानाकर्षण लाई गम्भीरता पूर्वक हेर्नु उपयुक्त हुन्छ । मधेशी धर्ती पुत्र ध्यानाकर्षण गर्नु हुन्छ " केही दिन देखी मिडियामा झलनाथ खनाल स्वास्थ्य बिज्ञान प्रतिशठानले सर्प पालनको लागी रू. ७२ करोड ल्यायो भन्दै प्रचार गरिएको सुनिन्छ ।

यस्तो खालको मधेश बिरोधि कुराले हामी मधेशीहरुलाई दुखी तुल्याएको छ । सानो कुरा के हो भने यस कार्यक्रमको लागी ७२ करोड बराबरको रकम ५ बर्षका लागि सम्झौता भयको हो । योजना अनुसार हरेक बर्ष लालबन्दी नगरपालिका मार्फत रकम आउने कुरा लालवन्दी गर प्रमुख मान वहादुर खड्काले नगर भेलामा हामीलाई जानकारी गराउनु भयको थियो ।

जुन सुकै व्यक्तिको नाममा काम होस त्यसले हामी जनतालाई कुनै किसीमको फरक पर्दैन । मूल कुरा के काम गर्न लागेको हो र रकम सहि तरिकाले खर्च हुन्छ कि हुदैन त्यो चाहि प्रमुख कुरा हो । हामीलाई थाहा छ, झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिशठानले सर्प पालेर रमाइलो गर्न रकम मागेर राखेको होइन ।

गर्मी याममा हजारौ हजार मानवोचित घर नभयका तराई वासीहरू राति आँगनमा सुत्न वाध्य हुन्छन । यसरी ऑगनमा सुत्ने गरिव मधेशीहरूलाई सधै सर्पको टोकाइको जोखिम रहि रहन्छ । उनीहरूलाई यो जोखिमबाट बाचाउनको लागि एन्टी भेनमको अनुसन्धान तथा उत्पादन गर्ने प्रयोजनकै लागि सर्प पाल्न लागेको हो भनेर जानकारीमा आयको छ ।

सर्पको खेल देखाउन सर्प पाल्न लागेको पनि होइन । यसबाट आन्तरिक पर्यटन प्रवर्धन समेत गर्ने र त्यसबाट प्राप्त आम्दानीले विकाशमा दिगोपन ल्याऊने समेत कुरा छ । आयोजनाको ल्याब वनेर तयार हुदा यो संसारकै ल्याव सहित को ३३ औ ठुलो आयोजना हुने कुरा समेत डिपीआरले देखाएको छ ।

यस्तो गर्बिलो आयोजना संचालनको लागि अग्रसर लीएकोमा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, लालबन्दी नगरपालिका, २ नम्बर प्रदेश सरकारका मन्त्री बिजय यादब र केन्द्र सरकार समेत प्रशंसाका पात्र छन । यसर्थ सवैले सकरात्मक सोच राखौ । राम्रो कामको लागि हौशला दिने गरौ । गलत काम भए मात्र खबरदारी र विरोध गरौ "।

यसरी विषालु सर्प तराईका आम गरिव दुखी जनताको पिडा हो । तराईका भुई झुप्रा र छाप्रामा जीवन गुजारा गर्न वाद्य दलित तथा विपन्न वर्गका आम नागरिकहरूको सर्पको टोकाइबाट हुने पीडालाई कसैले वुझ्न सकेनन । तराईमा सर्पले टोकेर ठुलो संख्यामा मान्छेहरू मर्ने गरेको आज होईन । तराईमा चुनाव सुरू भएको पनि आज होईन ।

देशमा धेरै खालका चुनाव भए । तराई बाट चुनाव जितेका धेरै व्यक्तिहरू मन्त्री र प्रधानमन्त्री भएको पनि आज मात्र होईन । जनता माथीको यस्तो डरलाग्दो र हिंस्रक सर्प आतङ्कको समाधान खोज्ने विषयमा आज सम्म कसैले चासो सम्म राखेन । नेकपाका नेता कमरेड झलनाथ खनालको गम्भीर ध्यानाकर्षण भयो ।

के यो नै उनको अपराध हो त ? के नेपालमा ' एण्टी स्नेक भेनम ' उत्पादन गर्न सर्प पालन गर्नु कुनै अपराध होर ? प्रत्येक वर्ष सर्प दंश वाट मारीने गरेका हजारौ जनताको जीवन रक्षाको लागी नेपालमा औषधी उत्पादन गर्न सुरू गर्नु कुनै अपराध हो त ? होईन भने विषयको गम्भीरता नबुझिकन जथाभाबी लेख्नु , समस्याको महत्व नवुझीकन कसैलाई आरोपित गर्नु , अनी विषय वस्तुलाई पूर्वाग्रह राखेर वाङ्गो टिङ्गो वनाई प्रस्तुत गर्नु सर्वथा उचित हुन सक्दैन ।

अहिले नेपालको कम्युनिष्ट आन्दोलनमा वैचारिक नेताको रूपमा परिचय वनाएका झलनाथ खनाललाई वदनाम गर्न अनेक प्रपञ्च सुरू भएको छ । खराव नियत सहित विषय वस्तुलाई वङ्ग्याएर गरिएको प्रचारलाई कदापि उचित मान्न सकिन्न । कमरेड झलनाथ खनाल तत्कालीन नेकपा मालेका महासचिव चलाएर आएका वैचारीक नेता हुन ।

उनी नेकपा मालेको तर्फवाट २०४५\०४६ सालको जनआन्दोलनको नेतृत्व गरेर २०४८ सालको अन्तरिम सरकारमा वन तथा भूसंरक्षण र भुमीसुधार मन्त्री र २०५४ सालको संयुक्त सरकारमा संचार मन्त्री भएका वरिष्ट नेता हुन ।

उनी नेकपा एमालेको आठौ महाधिवेशनवाट पहिलो पटक निर्वाचित पार्टी अध्यक्ष र २०६७ सालमा देशको प्रधानमन्त्री भएर कार्य सम्पादन गरिसकेका निष्कलङ्क नेता हुन । यती धेरै सार्वजनिक जिम्मेवारीबाट कलङ्क रहित ढंगले निस्केर आएका कमरेड झलनाथ खनाललाई अहिले खुद्रा मसिना कुरामा वद्नाम गर्न खोज्नेहरू कहिल्यै सफल हुने छैनन । सवैलाई चेतना भया ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech